मधुवन सामुदायिक वनमा वृक्षरोपण

मेचीकाली संवाददाता

१ श्रावण २०८०, सोमबार
404 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा नं ८ स्थित मधुवन सामुदायिक बन उपभोक्ता समूहले बन क्षेत्रको १ हेक्टर जग्गामा बृक्षरोपण कार्यक्रम शुरु गरेको छ । मधुवन सामुदायिक बन उपभोक्ता समूहको आफ्नै लगानी र सव डिभिजन बन कार्यालय कपिलवस्तुको बिरुवा सहयोगमा आर्थिक वर्ष ०८०/०८१ अर्थात साउन महिनाको पहिलो दिन बृक्षरोपण कार्य गरी आर्थिक वर्षको पहिलो दिनको कामको शुरुवात गरेको हो ।

गाउँबस्ति र बनलाई छुट्ट्याउने गरि फयरलाईन सुधार गर्न साउन १ गते देखि नै अतिक्रमण बन क्षेत्रको एक हेक्टर क्षेत्रफलमा टिक प्रजातिको बिरुवा लगाउँदा यस बाट छिट्टै आम्दानीमा बृद्धि हुने भएको हुँदा टिक प्रजातिको वृक्षरोपण गरिएको मधुबन सामुदायिक वन उपभोक्ता समूहले जानकारी दिएको छ ।

यस क्षेत्रमा वृक्षरोपण गर्नुको मुख्य उद्देश्य भनेको अतिक्रमण क्षेत्रलाई संरक्षण गर्न, बन वतावरण र पर्यावरणको बृद्धि गर्न, बाढी पहिरो नियन्त्रण गर्न र आम्दानीको श्रोतमा बृद्धि गर्नु हो । बन तथा वातावरण सम्बन्धि सामुदायिक बनको लक्ष्य पुरा गर्न डिभिजन बन कार्यालयले निशुल्क बिरुवा उपलब्ध गराएको र मधुबन सामुदायिक बनले आफ्नो बन क्षेत्रलाई हराभरा गराउन उक्त कार्यको थालनी गरेको हो ।

यसैगरी सामुदायिक बनको घाटगद्दी नजिकै अतिक्रमण क्षेत्रमा टिक प्रजातिको १ हजार बिरुवा लगाउन शुरु गरिएको मधुवन सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष शान्तबिक्रम पौडेलले बताउनु भयो । समूहका अध्यक्ष पौडेलले आर्थिक वर्ष ०८०/०८१ को पहिलो दिनमा राम्रो कामको शुरुवात गरेयौं भने यस आर्थिक बर्षभरि अर्थात आगामी दिनमा गरिने कामहरुले सफलता प्राप्त गर्ने बताउनु भयो । यो क्षेत्र अतिक्रमण क्षेत्र समेत भएको हुँदा यसलाई न्यूनिकरण गर्न बृक्षरोपण गरि रोपिएका बिरुवाहरुको संरक्षण गर्न तारवार समेत गरिएको बताउनु भयो ।

यस्तै सामुदायिक बन उपभोक्ता समूहका उपाध्यक्ष सालिकराम भुसालले कुनै पनि कार्यको थालनी गर्दा राम्रो दिन देखि साईत गरे कार्यमा सफल भैईने भनाईलाई बिश्वास गर्दै आएको हुँदा आज साउन १ गते नयाँ आर्थिक बर्षको पहिलो दिन कामको शुरुवात बृक्षरोपण बाट गरिएको बताउनु भयो । यस भन्दा अगाडी अतिक्रमण बाट मुक्त गरिसकेको र पुन अतिक्रमण हुन नदिनका लागि क्षेत्रफललाई तारवार गरी बिरुवा लगाउने, बन क्षेत्रलाई संरक्षण गर्ने, हराभरा गराउने लक्ष्य सहित कामको थालनी गरिएको उपाध्यक्ष भुसालको भनाई छ ।

सो अवसरमा खालि र अतिक्रमण जग्गामा बिरुवाहरु लगाउँदा उक्त बन क्षेत्र हराभरा हुनु भनेको उपभोक्ताहरुका लागि गौरवको बिषय भएको सामुदायिक बन उपभोक्ता समितीका सह सचिव तुल्सिराम पौडेलले बताउनु भयो । बृक्षरोपण कार्यक्रमले बन वतावरण र पर्यावरणमा उपभोक्ताहरुलाई सहयोग पु¥याउने सह सचिव पौडेलको भनाई छ ।

उपभोक्ता टोपलाल भण्डारीले अतिक्रमण क्षेत्रमा बिरुवा लगाउन पाउँदा खुशी व्यक्त गर्दै वन क्षेत्रलाई हराभरा बनाउन र सबैले संरक्षण गर्नुपर्ने उहाँको भनाई छ । बृक्षरोपण कार्यक्रममा उपभोक्ताहरुको उत्साहजनक उपस्थिती रहेको थियो । उक्त बनको क्षेत्रफल ४ सय ५० दशमलव ९६ रहेको छ भने ९ सय ५९ उपभोक्ता रहेका छन् ।