

बुटवल । रुपन्देहीको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार ढकाल शिक्षा समन्वय इकाइको बा २ झ १०१० नम्बरको सरकारी गाडी लिएर पाल्पाको नुवाकोट पुगेका राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए ।
नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासन कार्यालयमा बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारवाही हुने जानकारी दिए ।
रुपन्देहीमा शनिबार सरकारी गाडी चलाउनुपरेमा प्रयोजन खुलाएर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने नियम छ ।