क्याननमा विद्यार्थीहरूलाई अभिमुखीकरण

मेचीकाली संवाददाता

७ श्रावण २०८०, आईतवार
638 shares

बुटवल । बुटवल–८ सुख्खानगरस्थित क्यानन सेकेन्डरी स्कूलमा आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको हो । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थान विषय पढाउदै आएको विद्यालयका यो वर्ष २५० जना विद्यार्थी भर्ना भएका विद्यालयका सह–प्राचार्य सुर्यप्रसाद पाण्डेले जानकारी दिए । विद्यालयले हरेक वर्षको एसईई र ‘प्लस टु’ को परीक्षामा उत्कृष्ट नजिता ल्याउँदै आएको सह–प्राचार्य पाण्डेले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगी सुरज उप्रेतीले विद्यार्थीहरू उत्पादनसँग जोडिनुपर्ने बताए । शिक्षालाई श्रम र उत्पादनसँग जोडेपछि मात्र देशको विकास रहेको बताउँदै उद्योगी उप्रेतीले मुलुकमै औद्योगिक क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । विद्यालयका प्राचार्य थानेश्वर पौडेलले गुणस्तरीय शिक्षाका लागि क्यानन सधै अगाडि रहेको बताए । विद्यार्थीको रूचि र क्षमतालाई विद्यालयले कदर गर्दै देश विकासको आधार तयार गर्ने जनशक्ति क्याननले उत्पादन गर्दै आएको बताए । क्यानन पछिल्लो समय सबैको रोजाइँमा पर्दै आएको छ ।

सो अवसरमा गायिका प्रशना शाक्य, विद्यार्थी अनुशा कुँवर अनुशा शर्मा, आल्मुनाई सदस्य राधा पाण्डे लगायतले बोलेका थिए । विद्यालयका अधयक्ष तिलादेवी पाण्डेको अध्यक्षता, सहप्राचार्य सुर्यप्रसाद पाण्डेको स्वागत तथा शिक्षक लेखनाथ पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विद्यार्थी विभिन्न नृत्य प्रस्तुत समेत गरेका थिए ।