होराइजनमा विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण

विद्यार्थीले देशमै भविश्यक खोज्ने प्रण गर्नुपर्छः सांसद घिमिरे

मेचीकाली संवाददाता

८ श्रावण २०८०, सोमबार
1820 shares

बुटवल। राष्ट्रको सर्वोकृष्ट शैक्षिक संस्था न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई संवोधन गर्दै प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सांसद बाशुदेव घिमिरेले विद्यार्थीहरूले मुलुकमै अवसर खोज्नुपर्ने बताए । अस्थीर सरकारका कारण सबै क्षेत्रलाई असर पु¥याए पनि सरकारलाई मात्र गाली गर्ने नभई विदेश जाने मनस्थिति त्यागेर देशमै धेरै सम्भावनाको खोजी गरी भविश्य बनाउने प्रण गर्नुपर्ने बताए ।

राज्यले सामुदायिक विद्यालयमा ठूलो लगानी गरे पनि केही अपबाद बाहेक सबै विद्यालयको दुर्दशा रहेको बताए । ‘सांस्थागत विद्यालयमा सरकारले कुनै सहयोग गर्दैन तर, विद्यार्थी र अभिभावकको आकर्षण छ’ सांसद घिमिरेले भने, ‘सरकारले लिने दायित्व संस्थागत विद्यालयले लिएर देशकै शैक्षिक विकासमा प्रमुख भूमिका निभाएका छन ।’

घिमिरेले न्यू होराइजन निजी र संस्थागत मात्र नभई सबैको सिकाईको केन्द्रको रुपमा स्थापित भएको बताए । विद्यालयका सञ्चालक निर्मलप्रसाद लाकौलले कक्षा ११ र १२ उत्तीर्ण गर्दा वित्तिकै विदेश जान मिल्ने नीति परिवर्तन गर्नुपर्ने बताए । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले उपयुक्त शैक्षिक वातावरणका साथ विद्यार्थीसँग मिल्दो शैक्षिक सांस्था होराइजन बनेको बताए ।

विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले विद्यार्थीलाई अनुसाशन, नियमितता र समयनिष्ट बनेर पढनुपर्ने बताए । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषय पढाउदै आएको विद्यालयमा यो वर्ष विज्ञानमा २५३ र व्यवस्थापनमा ३६० विद्यार्थी भर्ना भएको प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीलाई उत्पादनसँग जोडिन आग्रह गरे । कार्यक्रममा गायक प्रमुख खरेल सहित विभिन्न कलाकारहरुले गायन तथा नृत्यको प्रस्तुतिमा विद्यार्थीहरू झुमेका थिए । उपप्राचार्य बालकृष्ण भण्डारीको स्वाग तथा कक्षा १० का संयोजक प्रकाश गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो