त्रिभुवन युनाइटेड एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

मेचीकाली संवाददाता

९ श्रावण २०८०, मंगलवार
903 shares

बुटवल । बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार आयोजना गरिएको कार्यक्रममा प्लस टु संयोजक जनकराज भुसालले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा विद्यालयमा एक वर्षमा हुने विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो । विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले विद्यार्थीहरुले लक्ष्य प्राप्तीका लागि अनुसाशीत र समयनिष्ट बनेर पढ्नुपर्ने बताए । विद्यार्थी र अभिभावकको चाहाना र रूचिअनुसार विद्यालयलाई थप अपग्रेड गर्दै अगाडि बढ्ने बताए । उनले विद्यालयमा आवश्यकता अनुसार अन्य विषयहरू पनि थप गर्दै जाने स्पष्ट पारे ।

कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाउँदै आएको विद्यालयमा यो वर्ष फाइनान्समा ५० जना, होटल म्यानेजमेन्ट तथा टुरिजममा १५० जना र कम्प्युटर साइन्समा ३० जना विद्यार्थी भर्ना भएका छन् ।

कार्यक्रममा विद्यालयका प्लस टु प्रमुख गुरुदत्त पौडेलको अध्यक्षता, सहप्राचार्य रामचन्द्र बस्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत र नृत्य प्रस्तुत गरी रमाएका थिए । अंग्रेजी विभाग प्रमुख खिमबहादुर पाण्डेको स्वागत तथा प्लस टु संयोजक जनकराज भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।