सुनको भाउ आजपनि बढ्यो

मेचीकाली संवाददाता

१ भाद्र २०७८, मंगलवार
106 shares

काठमाडौं । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।