सुनिल आचार्य
कपिलवस्तु । ‘महिला सम्मान अभिवृद्धिका लागि सशक्तिकरण र पहुँच अभियान’ स्थानीय तहका दलित र सिमान्तकृत महिलाहरुका लागि उद्यमशीलता र व्यापार शुरु तथा उत्प्रेरणा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । दलित महिला संघ कपिलवस्तुको आयोजना र करुणा ट्रष्ट युकेको आर्थिक सहयोगमा अभिमुखिकरण सम्पन्न गरिएको हो ।
साउन १० गते मायादेवी गाउँपालिका वडा नं. ५ बलुहवामा दलित महिला संघले गठन गरेको समूहका ३० जना , साउन ११ गते शयोधरा गाउँपालिका ५ , ६ र ७ मा गठन गरिएका समूहबाट ३० जना र साउन १२ गते कपिलवस्तु नगरपालिका वडा नं. ४ र ५ मा गठन भएका दलित सिमान्तकृत र अन्य महिलाहरुलाई शसक्तिकरण गर्न गठन गरिएको समूहका ३० जना गरी जम्मा ९० जना महिलाहरुलाई एक÷एक दिने उद्यमशीलता र व्यापार सुरु तथा उत्प्रेरणा अभिमुखीकरण सम्पन्न गरिएको हो ।
दलित महिला संघ कपिलवस्तुका अध्यक्ष माया नेपालीले महिला दिदीबहिनीहरु उद्यमशीलता र व्यापार सम्बन्धी उत्प्रेरणा भए भने आर्थिक अभावको समस्याको कारण बिभिन्न हिंसामा नपर्ने बताइन् । महिला दिदीबहिनीहरु आर्थिक रुपमा कमजोर हुँदा गाउँसमाजमा धेरै महिलाहरु घरेलु हिंसाबाट पीडित हुनुपरेको भन्दै कुनै न कुनै व्यवसायमा लाग्न आग्रह गरिन् ।
यसैगरी दलित महिला संघका जिल्ला परियोजना संयोजक शंकर नेपालीले महिलाहरुलाई उद्यमी, व्यावसायी र व्यापारतर्फ कसरी आकर्षण गर्न सकिन्छ भन्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताए । आर्थिक आयआर्जनमा सवल र स्वरोजगार हुन सके दलित र सिमान्तकृत महिलाहरु आर्थिकको चपेटामा नपर्ने बताए ।
सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले व्यवसाय भनेको के हो, यसको महत्व, आम्दानी आयआर्जन, स्वरोजगार, लघुगद्यम के हो, उद्यमीमा हुनुपर्ने गुणहरुलगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागी प्रेमा रैदास र दुलारमती पासीले उद्यमशिलता र व्यापार सुरु तथा उत्प्रेरणा अभिमुखीकरण कार्यक्रममा बजार व्यवस्थापन र आम्दानीका विषयमा सिक्न र जान्न पाउँदा खुशी व्यक्त गर्दै महिलाहरुलाई एकदिनको अभिमुखिकरणले पूर्णता नदिने बताएका छन् । दलित महिला संघका अध्यक्ष माया नेपालीको अध्यक्षतामा शुरु भएको अभिमुखीकरणको समापन संघका उपाध्यक्ष चनमती पासीले गरेकी थिइन् । कार्यक्रममा जिल्ला परियोजना संयोजक शंकर नेपालीको स्वागत मन्तव्य र सामाजिक परिचालक अनिता श्रीमालको सञ्चालनमा तौलिहवास्थित तिलौराकोट होटलमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मी र समूहका महिलाहरुको सहभागितामा रहेको थियो ।