

सैनामैनाको गंगानगरमा घमाहा खोलाबाट ल्याइएको पानीको कुलो सरसफाइपछि हाजिरी लगाउँदै गाउँलेहरू । सैनामैनाका गंगानगर क्षेत्रमा रहेका करिब ३५ घर परिवारले घमाहा खोलाबाट कुलो बनाएर खेतमा सिँचाइ गर्दै आएको स्थानीय अगुवा सुनबहादुर पुनले जानकारी दिए । हालैको बाढीले कुलोको बाँध भत्काइदिएपछि गाउँलेहरु प्रत्येक घरबाट झाराका रुपमा जुटेर मर्मत गरेको पुनले बताए । बाँध क्षेत्रमा पक्की ड्याम्म बनाउन र कुलो मर्मतका लागि बजेटको प्रबन्ध गरिदिन स्थानीयले तीनै तहका सरकारसँग आग्रह गरेका छन् । तस्बिरः अमृत गिरी/मेचीकाली


