गार्गीमा विज्ञान प्रदर्शनी तथा नतिजा प्रकाशन

मेचीकाली संवाददाता

१९ श्रावण २०८०, शुक्रबार
816 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शुक्रबार विज्ञान प्रदर्शनी र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञान प्रदर्शनीमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरु कक्षागत र समूहगत रूपमा सहभागी भएका थिए । विज्ञान प्रदर्शनीमा विद्यार्थी डे एण्ड नाइट मोडल, सौर्य मोडल, वायु घट्ट, आधुनिक सहर, बायो गेम लगायतले २१ स्टलमा प्रदर्शनी गरिएको थियो ।

विद्यार्थीहरुले प्रदर्शन गरेका स्टलमा अभिभावकहरुले रूचिका साथ अवलोकन गरेका थिए । विद्यार्थीहरुले सैद्धान्तिक विषयका साथै व्यवहारिक ज्ञान दिएका कारणले आफूहरु खुसी भएको अभिभावकहरुले बताएका थिए ।

विज्ञान प्रदर्शनी सँगै कक्षा १ देखि १० सम्म अध्ययन गर्ने १ हजार ९७४ जना विद्यार्थीहरुको नतिजा पनि प्रकाशन गरिएको विद्यालयका प्राचार्य भुवन अधिकारीले जानकारी दिए ।

नतिजा प्रकाशन कार्यक्रममा कक्षा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार तथा अभिभावकहरुलाई सम्मान पनि गरिएको प्राचार्य अधिकारीले जानकारी दिए । गार्गी स्थापनाको छोटो समयमा अभिभावक र विद्यार्थीको रोजाइमा परेको विद्यालय बनेको छ ।