पार्वती आचार्य
कपिलवस्तु। कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा शोक सभा सम्पन्न भएको छ । संघका पूर्व अध्यक्ष स्व. शंकरप्रसाद आचार्यको नवौँ दिनको पुण्य तिथीको अवसरमा स्व. आचार्यको तस्बिरमा टिका र मालाले माल्यापण गर्दै संघको सभाहलमा शोक सभामा सम्पन्न गरिएको हो ।
शोकसभा कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले स्व. आचार्यले समाजलाई दिएको योगदान सदैव स्मरण रहने बताए । स्व. आचार्यको भौतिक शरिर हामी माझ नरहे पनि उहाँले गरेका समाजसेवा, भौतिक बिकास निर्माण, शैक्षिक क्षेत्र, स्वास्थ्य र पर्यटन क्षेत्रमा पु¥याएको अतुलनिय योगदान सदैव स्मरण रहने छन् भन्दै स्व. आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
शोकसभामा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य देवीप्रसाद पाण्डेयले बाणगंगा नगरपालिका र वडा नं.२ पिपरामा स्व. आचार्यले पु¥याएको योगदान र मार्गदर्शनलाई सबैले अनुसरण गर्नुपर्ने बताए । स्व. आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकाकूल परिवारजन प्रति गहिरो समवेदना ब्यक्त गरे ।
कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, संघका पूर्व उपाध्यक्ष शिव कार्की, संघका पिपरा क्षेत्रका संयोजक धर्मराज घिमिरे, कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष राम पौडेल , होराईजन आवासिय माबिका प्राचार्य वासुदेव घिमिरे, श्रृगिघाट सिंचाई योजनाका अध्यक्ष नक्कुल शाही, मेचिकाली राष्ट्रिय दैनिकका जिल्ला संवाददाता पार्वती आचार्य लगायतले स्व. आचार्यले समाजसेवामा पु¥याएको योगदानले उनको भौतिक शरिर नभए पनि उनले छोडेर जानु भएका कृतिहरु जिवित रहने बताए । साथै स्व. आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकाकूल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा संघका पूर्व अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले स्व. आचार्यको जिवनी बाचन गरेका थिए । संघका महारसचिव मनोज पौडेलको सञ्चालनमा सम्पन्न शोकसभा कार्यक्रममा संघका पदाधिकारीहरु, बिभिन्न संघ सस्ंथाका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।
बाणगंगा नगरपालिका २ पिपरा निवासि स्व. लोकनाथ आचार्यका जेष्ठ सुपुत्र, स्व. शंकरप्रसाद आचार्यको आफ्नै निवास काठमाडौंको बसुन्धरामा ६७ वर्षको उमेरमा साउन १८ गते निधन भएको थियो ।