गुणस्तरीय शिक्षाका नाममा हुने बसाइँसराई रोक्न गाँउमै दक्ष जनशक्ति उत्पादन गनुपर्छः मन्त्री गुप्ता

मेचीकाली संवाददाता

२६ श्रावण २०८०, शुक्रबार
462 shares

अनिल नेपाली

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षालाई गुणस्तरीय बनाउनका लागि सबैको अनिवार्य र महत्वपुर्ण भुमिका हुने बताएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ७ स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन् ।

मन्त्री गुप्ताले गुणस्तरीय शिक्षाको नाममा गाँउबाट शहर केन्द्रित बसाईसराई बढेकोले अब गाँउका विद्यालयलाई गुणस्तरीय र प्रविधिमैत्री बनाएर दक्ष जनशक्ति उत्पादन गर्न सबै लाग्नुपर्ने बताउँदै लुम्बिनी प्रदेश सरकारमा शिक्षा क्षेत्रमा कम मात्रामा बजेट बिनियोजित गरेकोले अहिले तत्कालिन अनिबार्य आबश्यकताका कामलाई प्राथमिकता दिने बताए । भौतिक सरचना निर्माण गर्नतर्फ आफुले जिम्मेबार भुमिका खेल्ने बताउदै उनले सदरमुकामदेखि टाढा रहेको चन्द्रप्रभा माध्यमिक विद्यालयको भौतिक सरचना निर्माणको लागि आफु मन्त्री हुँदा वा नहुदाँ जिम्मेबारीपूर्वक लाग्ने बताए ।

कार्यक्रममा शिक्षा तथा समन्वय ईकाई प्रमुख मणिराम पराजुलीले शिक्षालाई गुणस्तरीय बनाउनको लागि प्रदेश र केन्द्र सरकारले जिम्मेबार भुमिका खेल्नुपर्ने बताए । कार्यक्रममा विद्यालयको भौतिक सरचना विगतको अबस्था अहिलेको अबस्थाको बारेमा प्रधानाध्यापक दिन बहादुर थापाले समष्टिगत रुपमा जानकारी गराउदै असहजताका बीचबाट अहिले विद्यालय सञ्चालन भएपनि सहजता प्रदान गरेर शिक्षालाई गुणस्तरीय प्रविधिमैत्री बनाउनको लागि सबैले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा विधालयका व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर सिंहले इतिहास बोकेको विद्यालय भएकोेले यसको स्तरउन्नतिको लागि सबैको महत्वपुर्ण भुमिका आबश्यक पर्ने बताए । कार्यक्रममा स्थानीय दामोदर मल्लले चन्द्रप्रभा माध्यमिक विधालय सम्भाबना बोकेको र इतिहास भएको विद्यालय भएकोले विद्यालयको भौतिक सरचना शैक्षिक गुणस्तरता प्रदान गर्नको लागि सबै जिम्मेबार बन्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तिर्थराज आचार्यले गरेका थिए । मन्त्री गुप्ताले विद्यालयको, भौतिक संरचना, हालको अबस्था, विद्यार्थीको अबस्था, शिक्षकको अबस्था लगायतको बारेमा जानकारी लिएर समस्या समाधान गर्नको लागि आफुले प्राथमिकता दिने बताए ।