भेषराज साहित्यको ६३औँ शृङ्खला सम्पन्न

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
312 shares

मुक्ति न्यौपाने

वालिङ । भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले वालिङमा आफ्नो नियमित रचना वाचनको ६३ औं शृङ्खला सनिवार सम्पन्न गरेको छ । प्रतिष्ठानले वालिङ ८ भीमटारीस्थित पिरामिड कुटीमा शनिबार नियमित रचना वाचनको ६३ औं शृङ्खला आयोजना एक कार्यक्रम बीच सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाली लेखक संघ स्याङ्जाका अध्यक्ष तथा कवि मिलन समिरले भेषजराज साहित्य प्रतिष्ठानले नियमित रचना वाचनसहित साहित्य सिर्जनामा उल्लेखनीय भूमिका खेलेको बताएका थिए । नियमित रचना वाचन कार्यक्रम मार्फत सिर्जनशीलताका साथै वाचन कलाको विकासमासमेत टेवा पुर्‍याएको लेखक संघका अध्यक्ष तथा कवि समिरले उल्लेख गरे ।

लेखन कला रहर र करले हुने होइन, स्वतः स्फुरत रूपमा मनमा सिर्जना हुने कुरा हो । समाजमा भएका विकृति र विसंगतिलाई उजागर गर्नुकासाथै लेखन कला र बौद्धिक विकासमासमेत टेवा पुर्‍याउने उनले बताए । हाम्रो जीवनशैली र समाजसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आ—आफ्ना इच्छा अनुसारका सिर्जनालाई लिपीवद्ध गर्न उनले आग्रह गरे ।
कार्यक्रममा हरि अर्याल, विशाल ज्ञवाली, शिव अर्याल, दमकला बगाले, श्याम अर्याल, शङ्कर रेग्मी, कमल बगाले, केशवन्धु आचार्यलगायतले आ—आफ्ना रचना वाचन गरेका थिए ।

यसैगरी डा। अच्युतशरण अर्यालद्वारा लिखित “प्राकृतिक जीवनशैली” नामक पुस्तकको चर्चा गरिएको थियो । पुस्तकको चर्चा गर्दै नेपाल आदर्श क्याम्पसका निर्देशक दिपक लम्सालले जीवन के हो रु जीवन र प्रकृतिको सम्बन्ध, प्राकृतिक जीवनशैलीको महत्व र प्राकृतिक उपचार विधिका बारेको शुक्ष्म खोजसहितका गहन विषय पुस्तकमा समेटिएको बताए ।