यू-१९ विश्वकप २०२४ खेल्ने थप एक टिमको टुंगो

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
479 shares

सन् २०२४ मा श्रीलंकामा हुने आइसिसी यू–१९ विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र जिम्बाब्वेले अघिल्लो संस्करणबाट सन् २०२४ को यू-१९ विश्वकपमा स्थान पक्का गरेका थिए।

बाँकी पाँच स्थानका लागि क्षेत्रीय छनोटबाट टिम टुंगो लगाउने आइसिसीले निर्णय गरेको थियो।

जसअन्तर्गत अफ्रिका, अमेरिका, एसिया, इस्ट एसिया प्यासेफिक र युरोपबाट एक एक टिम छनोट हुने व्यवस्था छ।

पछिल्लो पटक स्कटल्यान्डले युरोप छनोटबाट विश्वकपमा स्थान पक्का गर्‍यो। नेदरल्यान्ड्समा भएको युरोप छनोटमा अपराजित रहदै स्कटल्यान्डले यू-१९ विश्वकपमा स्थान पक्का गर्‍यो।

यसअघि अफ्रिका छनोटबाट नामिबियाले युवा विश्वकपमा स्थान पक्का गरेको थियो। नेपालले पनि युएईलाई पछि पार्दै विश्वकपम स्थान पक्का गर्न सफल भएको थियो।

इस्ट एसिया प्यासेफिकबाट भने न्युजिल्यान्ड छनोट भएको थियो।

अब अमेरिका छनोट हुने एक टिमको टुंगो लाग्न बाँकी छ। अमेरिका छनोट १७ अगस्टमा क्यानडामा सकिँदैछ।