सियारीमा आधारभूत तथा माध्यमिक तहको पाठ्यक्रम कार्यान्वयनसम्बन्धी प्रबोधीकरण

मेचीकाली संवाददाता

२९ श्रावण २०८०, सोमबार
449 shares

तुलसीराम पौडेल

सियारी । रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा आधारभूत तथा माध्यमिक पाठ्यक्रम कार्यान्वयनसम्बन्धी दिने प्रबोधीकरण तालिम सियारी–७ जनता माविमा शनिबार सम्पन्न भएको छ ।

सियारी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुधीर पौडेलले यस तालिमबाट परिमार्जित पाठ्यक्रममा उल्लेख भएअनुसार शिक्षण सिकाइ प्रक्रिया, मूल्यांकनलगायतका कार्यहरु गर्न टेवा पुग्ने बताए । उनले यसका अवधारणा, उद्देश्य, आवश्यकता, महत्वलगायतका विषयवस्तुको जानकारी प्राप्त गरी यसलाई शिक्षण गर्ने विधि र पद्दतिका बारेमा ज्ञान हासिल गरी आ–आफ्ना विद्यालयको सिकाई क्रियाकलाप र मूल्यांकन प्रक्रियामा कार्यन्वयन गरी सिकाइ प्रक्रियामा गुणस्तर ल्याउन सकिने जानकारी दिए ।

कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका गरी २८ विद्यालयका जम्मा १३० जना शिक्षक शिक्षिका सहभागी रहेका थिए । सियारी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुधीर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा शाखाका शिला पन्थीले गरेका थिए ।