बगनासकालीको प्रगति समिक्षाः ४०५ योजना सञ्चालन, ५ किलोमिटर सडक कालोपत्र

मेचीकाली संवाददाता

३१ श्रावण २०८०, बुधबार
264 shares

नेत्र गैरे

पाल्पा। बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष सस्स्वती चिदीले स्थानियतहको पहिलो कार्यकाल निति निर्माण र सिकाईमा बितेको र दोस्रो कार्यकालमा युद्धस्तरमा काम गर्ने बेला आएको बताइन् । उनले गत आर्थिक बर्षमा तयार गरेका कार्यक्रमहरु जनप्रतिनिधि, कर्मचारी लगायत सबैको साथ सहयोग र सहकार्यमा सफल अवतरण गर्न सफल भएको र यो आर्थिक बर्षका लागि तय गरेको कार्यक्रम पनि सबैको साथ र सहयोगबाट सम्पन्न गरिने बिश्वास व्यक्त गरिन ।

उनले संघ र प्रदेशबाट आउने योजनाहरु कार्यकर्ताको सिफारिसमा नभै गाउँपालिकाले बनाएको आवधिक योजनाका आधारमा संचालन सकेमात्र नागरिकका अपेक्षाको सम्बोधन हुनसक्ने बताईन । कर्मचारीहरुको प्रभावकारी सेवा प्रवाहका कारण बित्तीय र भौतिक प्रगति उल्लेखनीय भएको बताउदैे जन प्रतिनिधीहरूले कर्मचारीलाई निरन्तर सहयोग पु¥याउने बताउँदै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न अध्यक्ष चिदीको आग्रह थियो ।

कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद पाठकले गत बर्षको तुलनामा व्यवस्थित र परिणाम देखिने काम भएको उल्लेख गर्दै आन्तरिक आम्दानीको दायरा बढाउन स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरिने उनको भनाइ थियो । जवसम्म नागरिकहरुको समृद्धि तर्फ यात्रा सहज हुदैन तवसम्म जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले थकाइ नमार्न आग्रह गरे ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले प्रगति समीक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजनाबद्ध ढंगले चालु आर्थिक वर्षका गतिविधिहरू अगाडी बढाएर काम गर्न कर्मचारीहरूलाई आग्रह गरे । उनले कर्मचारीहरुले कार्य सम्पादनका क्षेत्रमा देखाएको सक्रियतालाई थप प्रोत्साहन गरिने समेत बताए ।

प्रवक्ता टीका बहादुर थापाले संघियताको सिकाइका साथै यसको पूर्ण अभ्यास र कार्यन्वयनका लागि सिंहदरवारको अधिकार बस्ती बस्तीसम्म पु¥याउन स्थानियतहका जनप्रतिनिधि र राष्ट्रसेवकको महत्वपूर्ण भूमिका रहने हुँदा गाउँपालिकाको थप प्रगतिका लागि सहकार्य गरि अघि बढने बताए । उनले एक बर्षमा गरिएको कामको आधारमा थप काम गर्ने प्रेरणा मिल्ने बताउदै योजना समयमै सम्पन गर्न सहयोग गर्ने उपभोक्ता, निर्माण ब्यवसायीहरुलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा पालिकाका बिषयगत शाखाका प्रमुखहरुले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति,चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राखेका थिए । गत आर्थिक बर्षमा ४०५ वटा योजनाहरु सञ्चालन भएको, ५ किलोमिटर सडक कालोपत्र गरेको छ भने सामाजिक सुरक्षभत्ता बितरणलाई वडा तहमा पु¥याइएको, पाल्पा जिल्लामै पहिलो ल्याव सेन्टरको सुरुवात भएको समेत जानकारी गराइएको थियो ।

गत आर्थिक वर्षमा पालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । आर्थिक प्रशासन शाखाका प्रमुख कोशलराज पौडेलले आर्थिक बर्ष ०७९/८० मा ७७ लाख आन्तरिक आम्दानी भएको बताउदै बित्तीय तर्फ ९१.१७ प्रतिशत प्रगति भएको बताए । पालिकाले योजनाहरूको छनौट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समीक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासका साथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भुमिका खेल्ने बताईएको छ ।

कार्यक्रममा बगनासकाली पत्रकार समुहका उपाध्यक्ष नेत्र गैरे, कृष्ण भुसाल, यमलाल तिमिल्सिना लगायतले बोल्दै हाम्रो बगनासकाली, राम्रो बगनासकाली बनाउनु सबैको अहम भुमिका हुने कुरामा जोड दिएका थिए । वार्षिक प्रगति समीक्षा बैठकमा वडा अध्यक्षहरु, वडा सदस्यहरु कर्मचारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । सोही अवसरमा उत्कृष्ट ५ जना बिद्यार्थीलाइ नगद ५ हजारसहित सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा ७ जना कर्मचारीहरुलाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।