एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित

मेचीकाली संवाददाता

१ भाद्र २०७८, मंगलवार
768 shares

बुटवल । नेकपा एमालले लुम्बिनी प्रदेश सभाको बैठक अवरूद्ध गरेको छ । लुम्बिनी प्रदेश सभाको नवौं अधिवशेन मंगलबारदेखि सुरू भएको छ । सुर्य चिन्हबाट निर्वाचित अजय शाही र बिमला वली खत्रीलाई प्रदेशसभाले पदमुक्त गर्न पत्र पठाए पनि त्यसको कुनै सुनुवाई नभएको भन्दै बैठक अवरूद्ध गरेको हो ।

शाही पश्चिम नवलपरासी र वली दाङबाट सुर्य चुनाव चिन्हबाट निर्वाचित सांसद हुन । वली र शाहीले सांसदीय दल बाहिर गएको भन्दै कारवार्ही गर्न मंगलबार नैं एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।

एमालले दुई जना सांसदलाई निस्कासन गर्न माग गर्दै बैठक अवरुद्ध गरिएको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । सुरुमै एमाले सचेतक ढकालले शाही र वलीलाई पदमुक्त नहुँदासम्म बैठक चल्न नसक्ने बताए । उता सभामुख पूर्णबहादुर घर्तीले प्रदेशप्रमुख अमिक शेरचनबाट आएको पत्र पढेर सुनाइरहे । भने, एमाले सांसदहरु उठेर टेबल बजाइरहेका थिए ।

अवरोधका बीच सभामुख घर्तीले प्रदेश प्रमुखबाट प्राप्त भएको प्रदेशसभाको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यस्तै मन्त्रीपरिषद गठन र कार्यविभाजन सम्बन्धी पनि पढेर सुनाएका थिए । सभामुखले पत्र पढिसकेपछि पनि एमाले सांसदले उठेर बैठक चल्न नदिएपछि बैठक स्थगित भएको हो । प्रदेशको नवौं अधिवेशनको दोस्रो बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।