दल विभाजन अध्यादेश फिर्ता लिन बाध्य पारौँः गोकर्ण विष्ट

मेचीकाली संवाददाता

१ भाद्र २०७८, मंगलवार
95 shares

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णय प्रतिगामी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेर सचिव विष्टले सरकारले ल्याउन लागेको अध्यादेशलाई फिर्ता लिन बाध्य पार्न अपिल पनि गर्नुभएको छ । नेता विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको भन्दै यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने उल्लेख गरेका हुन् ।

दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने कामले राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने विष्टले बताएका छन् ।

https://www.facebook.com/Gokarna.bistauml/posts/4672446086108327