१७ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

मेचीकाली संवाददाता

५ भाद्र २०८०, मंगलवार
207 shares

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको १७ घण्टापछि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरको सक्रियतामा ३ वटा स्काभेटर प्रयोग गरि १२:५५ बजेबाट सडक सुचारु भएको हो ।

सोमबार राती ८ बजेबाट अवरुद्ध सडक खुलाउन रातभरी साधन श्रोत परिचालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउने क्रममा खसेको ढुँगाले पहिरो पन्छाउन प्रयोग भएको लोडरको अगाडीको भागमा क्षति भएको छ । लोडरको अगाडिको भागको सिसा फुटेपनि मानवीय क्षति नभएको कार्यालयले जनाएको छ ।

सडक डिभिजनको २ वटा मेशिन नारायणगढतर्फबाट र १ वटा एक्साभेटर मुग्लिनतर्फबाट पहिरो पन्छाउने कार्य परिचालन गरिएको थियो ।