युवालाई सीपमूलक तालिम आवश्यकः श्रेष्ठ

मेचीकाली संवाददाता

९ भाद्र २०८०, शनिबार
263 shares

बुटवल । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले युवाहरुलाई स्वदेशमै रोजगारी दिने गरी सीपमूलक तालिम दिनुपर्ने बताए । उनले युवाहरुलाई रोजगार बनाउन सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने बताए । नेपाल अटो मेकानिक्स ट्रेड युनियनको केन्द्रीय प्राविधिक प्रशिक्षण भवनको शनिबार बुटवलमा उद्घाटन गर्दै युवा वर्गलाई लक्षित गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद श्रेष्ठले चुनौतीका साथ निर्माण गरिएको भवनलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरेका थिए । उनले प्राविधिकको युगमा विकाससँगै आर्थिक समृद्धिका लागि रोजगार महत्वपूर्ण हुने बताउँदै देशमा रोजगारी बढाउने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स टे«ड युनियन नाटुका केन्द्रीय अध्यक्ष प्रदिप घिमिरे, केन्द्रीय सल्लाहाकार, माधव पाण्डे, बुटबल उपमहानगरपालिका पूर्वउपप्रमुख गोमादेवी आचार्य, केन्द्रीय प्रतिनिधि प्रमुख जीवन अधिकारी, जिफन्ट केन्द्रीय सदस्य हरि कार्की, जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेलगायतले बोल्दै युवाहरुलाई विभिन्न किसिमका तालिमसँगै रोजगारमा जोड्नुपर्नेमा जोड दिए । करिब एक करोड लगानीमा निमार्ण भएको दुईतले भवनमा नेपालभरका अटो मेकानिक्सको क्षेत्रमा काम गर्ने मेकानिक्सहरुलाई तालिम दिइने अटो मेकानिक्स टे«ड युनियन नगरअध्यक्ष गणेश भट्टराईले बताए ।