उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

१७ भाद्र २०८०, आईतवार
601 shares

सुनिल आचार्य

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो साधारणसभा सम्पन्न भएको छ । भदौ १५ गते आफ्ना सदस्य रहेका सम्पुर्ण क्षेत्रहरूमा साधारणसभाका प्रस्तावहरु माथि छलफल गरि भदौ १६ गते प्रतिनिधिमुलक रुपमा साधारणसभा सम्पन्न गरिएको हो ।

नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीको प्रमुख आतिथ्यता, सचिबालय सदस्य तथा संरक्षक टोपनारायण बेल्बासेको बिशिष्ट आतिथ्यता, प्रदेश कमिटी सदस्य मनोज नेपाली, गोरिराज पौडेल, कृष्ण बहादुर कलवार, रेवता पौडेल, भरत पोख्रेल, सल्लाहकारहरु अर्जुन पोख्रेल, अर्जुन सापकोटा, राम प्रसाद गैरेको सहभागिता रहेको थियो ।

यस्तै प्रेस सल्लाहकार डिलाराम भुसाल , बित्त सल्लाहकार प्रेमराज घिमिरे , कानुनी सल्लाहकार मीन प्रसाद पोख्रेलको आतिथ्यता रहेको कार्यक्रममा महिला उपाध्यक्ष गिता पौडेलको स्वागत मन्तव्य , अर्जुन पोख्रेल , रेवता पौडेल , निबर्तमान अध्यक्ष हुमनाथ पौडेल , टोपनारायण बेलबासे तथा खेम नारायण पराजुलीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारणसभाले अध्यक्षको भाबी नीति तथा कार्यक्रम, महासचिवको बार्षिक प्रगती प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्बसहमत पारित गरेको छ । त्यसैगरी बिधान सम्सोधन प्रस्ताव, प्रथम कपिलवस्तु ब्यापार मेला एबम कृषि, पर्यटन तथा औद्योगिक पर्दर्शनि २०८०, बैठक कार्यबिधी कार्यान्वयन एबम सदस्य राहत कार्यबिधी अनुमोदन गरेको छ ।

त्यसैगरी तत्काल आबस्यक कार्यबिधी, नीति नियम देखियमा कार्यसमितिले पारित गरि लागू गर्न सक्ने, लेखापरिक्षणको लागि लेखापरीक्षकको नियुक्ति कार्यसमितिले गर्न सक्ने निर्णय समेत साधारणसभाले गरेको छ ।

सस्था स्थापनाको १४ महिनामै सस्थाले राष्ट्रिय स्तरमा समेत चर्चा पाउनु, भारतमा समेत सस्थाको बारेमा जानकारी गराउदै कपिलवस्तुमा लगानीको बाताबरण बनाउन पहल गरिरहेको जानकारी गराउदै सस्थालाइ यो अवस्था सम्म ल्याइपुर्याउन प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्णमा धन्यवाद एबम आभार सहित सदैब साथ सहयोग र सहकार्यको सुभेक्षा रहेको उद्योग ब्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताए । कार्यक्रम महासचिव बासुदेब खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।