बुटवल । बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
तामनगरस्थित सरस्वती माविको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका ४५ जना सेयर सदस्यहरुले सहभागिता जनाएका थिए भने संस्थाका सञ्चालकद्वय तीर्थराज काफ्ले र दिपक तिवारीले प्रशिक्षण दिएका थिए । सहकारीताको प्रवद्र्धन गर्ने र प्रयास सहकारीको व्यावसायिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा अध्यक्ष भिमबहादुर थापाको अध्यक्षता, जिल्ला बचत संघ, रुपन्देहीका युवा उपसमिति सदस्य तथा संस्थाका निवर्तमान अध्यक्ष सूर्यबहादुर रानाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रानाले प्रयास सहकारीले सेयर सदस्य केन्द्रित विभिन्न योजना तथा कार्यक्रम निर्माण एवम् संचालन गर्दै आएकोमा संचालकहरुको प्रशंसा गरे । संस्थाका अध्यक्ष थापाले संस्थाको त्रिवर्षीय रणनीतिक योजना मुताविक अघि बढिरहेको व्यहोरा उल्लेख गरे । कार्यक्रम संयोजक प्रकाशमणि खनालले सहकारी शिक्षाले सेयर सदस्यहरुमा सहकारीताको विकास र बचतको महत्व वृद्धि भएर गएको दावी गरे ।
कार्यक्रममा उपाध्यक्ष इश्वरीप्रसाद रेग्मीले संस्थाको इतिहास समेटिएको शब्द चित्र पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी सेयर सदस्यहरुले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा रहेको भन्दै आफूहरु प्रयास साकोसप्रति खुसी र सन्तुष्टि रहेको धारणा व्यक्त गरे ।
सञ्चालक झविन्द्र आचार्य र सीता कँडेलले यही भदौ २० गते कृष्ण जन्माष्टमीको दिन तामनगरस्थित नवरत्न मावि परिसरमा लाखे नाच आयोजना गरिने जानकारी दिए । उपाध्यक्ष ईश्वरीप्रसाद रेग्मीको स्वागत तथा सचिव प्रकाशमणि खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।