पार्वती आचार्य
कपिलवस्तु । उद्योग व्यापार संघ, कपिलवस्तुले इलाका प्रहरी कार्यलय पिपरामा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) गोपाल रायमाझीलाई स्वागत तथा सम्मान गरेको छ । उद्योग व्यापार संघ कपिलवस्तुले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रहरी निरीक्षकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा उद्योग ब्यापार संघ कपिलवस्तुद्वारा गरिएको स्वागत र सम्मान प्रती आभार ब्यक्त गर्दै प्रहरी निरीक्षक रायमाझीले यहाको सान्ती सुरक्षा, चोरी तस्करी, लागू पदार्थ दुव्र्यसनिको बिषयमा जनचेतना मूलक अभियानहरु संचालन गर्ने बताउनु भयो ।
साथै यस क्षेत्रमा आइपर्ने बिभिन्न समस्याहरुमा सदैब उद्योग ब्यापार संघ कपिलवस्तुसङ्ग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो । यस सस्थाको मुख्य आयोजनामा हुने प्रथम कपिलवस्तु ब्यापार मेला २०८० को ब्यापार मेला, महोत्सवमा प्रहरीबाट शान्ति सुरक्षा पूर्ण रुपमा रहने प्रहरी निरीक्षक रायमाझीले जनाउनु भयो ।
यस्तै उद्योग ब्यापार संघ कपिलवस्तु गठनको औचित्य पुष्टि गर्ने गरि संघले गरेका गतिविधि, कार्यक्रम एवम् ब्यवसायिक बाताबरणको लागि खेलेको भुमिकाको बारेमा जानकारी गराउदै संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले विशेष गरि कपिलवस्तु बसाइ निकै सुखद र सफल रहोस भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो ।
संस्था संचालन गरी यहाँ सम्म आइपुग्दा हरेक चुनौती समस्या र जनचेतना लगायतका कार्य, सामाजिक कार्य , शान्ति सुरक्षाको सबालमा हमेसा साथ सहयोग र सहकार्य गर्न प्रतिबद्ध छौ , हामिले आयोजना गर्न लागेको प्रथम कपिलवस्तु ब्यापार मेला २०८० को सन्दर्भमा त्यसमा आइपर्न सक्ने सुरक्षा चुनौती समस्याहरु लगायत मेला सफल बनाउन यहाँ र प्रहरी प्रशासनको टिमबाट पुर्ण साथ प्राप्त हुने आसा बिस्वास र भरोसा लियका छौ, अध्यक्ष पौडेलले अपेक्षा ब्यक्त गर्दै भन्नू भयो ।
उक्त स्वागत तथा संमान कार्यक्रममा उद्योग ब्यापार संघ कपिलवस्तुका संरक्षक टोपनारायण बेल्बासे , निबर्तमान अध्यक्ष हुमनाथ पौडेल, प्रदेश कमिटी सदस्य रेवता पौडेल, मनोज नेपाली, गिरिराज पौडेल, भरत पोख्रेल, कृष्ण बहादुर कलवार, सल्लाहकारहरु अर्जुन सापकोटा र अर्जुन पोख्रेल लगायत कार्यसमितिका पदाधिकारीहरु, लेखा समितीका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन संघका महासचिव बासुदेव खनालको रहेको थियो ।