जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताका उपाधि गार्गी एकेडेमीलाई

मेचीकाली संवाददाता

२१ भाद्र २०८०, बिहीबार
815 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमी अन्तरविद्यालय जिल्लास्तरीय टेबलटेनिस प्रतियोगितामा प्रथम भएको छ । भदौ १९ र २० गते श्रीकृष्ण जन्माअष्टमीको अवसरमा बुटवल टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा विद्यालयले प्रथम स्थान हाँसिल गरेको हो । १७ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा ३१० जना खेलाडीहरुले ११ वटा इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

४ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित विद्यालय प्रथम भएको विद्यालयका प्राचार्य भुवन अधिकारीले जानकारी दिए । २ स्वर्ण र २ रजतसहित लुम्बिनी बोर्डिङ स्कुल द्वितीय, २ स्वर्ण र १ रजतसहित दीप बोर्डिङ हाई स्कुल तृतीय भएको छ ।

गार्गी एकेडेमीका सुशान्त सारु र पामिर एकेडेमीका आस्मा टन्डनले राइजिङ खेलाडीको उपाधिबाट सम्मानित भएका थिए । सो अवसरमा रुपन्देही टेबलटेनिस संघका सल्लाहकार अनुपमान सैंजू, टेबलटेनिस संघका वरिष्ठ उपाध्यक्ष नरबहादुर क्षेत्रीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नविनरत्न शाक्यले गरेका थिए ।