![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2023/09/372153841_693498442633037_6172157096461539886_n.jpg)
नेत्र गैरे
पाल्पा । तानसेन बहुमुखी क्याम्पसले ३४औ बार्षिकोत्सव मनाएको छ । बि. सं. २०४७ सालमा स्थापना भई सामुदायिक क्याम्पसको रुपमा परिचित यस क्याम्पसले हाल ३४औ बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख पुष्कर राज रेग्मीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तत्कालिन समयमा पश्चिमाञ्चल क्षेत्रमै शिक्षाको आकर्षणको रुपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसले बिद्यार्थीको चाप थेग्न नसकेको अवस्थामा समस्याको निकासका लागि यस क्याम्पसको स्थापना भएको बताए । उनले हाल यस क्याम्पसमा भौतिक सुविधा सम्पन्न भवन, यातायातको व्यवस्था, ई लाइब्रेरी, प्रयोगशाला, पुस्तकालय,खेल मैदान लगायतको सेवा सुविधा सम्पन्न अवस्थामा रहेको बताए । यस्तै हाल यस क्याम्पसमा ३ सय ३६ जना बिधार्थी पठन पाठन गदै आइरहेको समेत बताए । प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख रेग्मीले गत आ.ब. २०७८÷०७९ को ९९ लाख ४४ हजार ६३४ बराबरको र २०८०÷०८१को लागि १ करोड २७ लाख ८५ हजार ५५४ बराबरको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
![](https://mechikalinews.com/wp-content/uploads/2023/09/371544219_142358805611120_8177733516648428256_n-1024x768.jpg)
यस्तै गरि क्याम्पसको उत्तरोत्तर सफलताको शुभकामना दिदै क्याम्पसका संस्थापक तथा संरक्षक राम प्रसाद ज्ञवालीले यहाँबाट उत्पादित जनशक्ती देशका बिभिन्न स्थानबाट सेवा प्रदान गर्न सफल रहेको बताए । देशका लागि जस्तो जनशक्ती आवस्यक रहन्छ त्यसको पहिचान गरि अब प्राविधिक धार तर्फको शिक्षा संचालनको लागि आवस्यक योजना बनाउँदै गरेको ज्ञवालीले बताए ।
क्याम्पस संचालक समितिका अध्यक्ष राजन प्रसाद पन्तले अहिले बिधार्थीमा अध्यायनको क्षेत्रमा ह्रास आइरहेको, पहाडी क्षेत्रबाट बसाई सराईको दर उच्च रहेको र बिधार्थीको उच्च शिक्षाको रोजाई र गन्तव्य बिदेश रहेका कारण शैक्षिक सस्थामा बिधार्थीको संख्यामा कमि आएको बताए ।
तानसेन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रदिप खनालले भावनात्मक र भौतिक सहयोगका लागि आफु तयार रहेको बताए ।
पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले सामुदायिक क्याम्पसहरुको शैक्षिक प्रगतिको लागि शैक्षिक कार्य योजना बनाई मागमा आधारित शिक्षा आजको आवस्यकता रहेको बताए ।
प्राध्यापक राम प्रसाद ढकालले देशको गलत शिक्षा नितिका कारण क्याम्पसमा बिधार्थीको चाप घटेको बताए ।
अबको शिक्षा रोजगारमुखी र प्राविधिक हुनु आवस्यक रहेको पत्रकार प्रकाश नेपालको भनाई थियो ।
![](https://mechikalinews.com/wp-content/uploads/2023/09/375754622_955582362211600_5639477174161262252_n-1024x768.jpg)
बार्षिकोत्सव कार्यक्रममा प्राध्यापक राम प्रसाद ढकाललाई सम्मान गरिएको थियो भने विविध विधामा बिजयी बिधार्थीहरु लाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा बिधार्थीहरुबाट विविध सांस्किृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।