बुटवलमा ‘नेपाली लुगा घर’

मेचीकाली संवाददाता

२८ भाद्र २०८०, बिहीबार
594 shares

बुटवल । स्वदेशी उत्पादिन पहिरनलाई बजारीकरण गर्न बुटवल मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा नेपाली लुगा घर सञ्चालनमा आउने भएको छ । नेपालमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पु¥याउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गर्न लागेको बताएको छ ।

नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले उद्योग देखि सोझै ग्राहकको शरीर सम्म कपडा पुराउने नेपाली लुगा घरको मुख्य उद्देश्य रहेको बताए । नेपाली लुगा घरको असोज ३ गते देखि ६ गते सम्म उद्घाटन कार्यक्रमका साथ फुड फेस्टिवल र गजल साझ समेत हुने उनले बताए । नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सवै प्रकारका कपडा उपलब्ध हुने उनको भनाई छ । साढे २ करोडको लगानीमा सञ्चालनमा आउन लागेको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गर्ने योजना पनि बनाएको छ ।

असोज ३ गते देखि ६ गते सम्म लुगा घर उद्घाटनकै अवसरमा गजल सांझ समेत हुनेछ । गजल सांझमा बुद्ध राना, प्रकाश बस्नेत ९गफाडी० सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुती रहेनछ ।