बसन्तपुर सामुदायिक वनको १८औँ वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

३० भाद्र २०८०, शनिबार
330 shares

सुनिल आचार्य

कपिलवस्तु । बसन्तपुर सामुदायिक बन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले वन आम्दानीको श्रोत भएको हुँदा यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताए । कहिलेकाहिँ वनमा नियम विपरित कार्यहरु गर्दा कानुनी बाधा अड्चनहरु आईपर्ने हुँदा कानुन, विधि र विधानलाई नमिचिकन मर्यादालाई ख्याल गरेर कार्यहरु अगाडी बढाए कानुनरहित हुने बिश्वास व्यक्त गरे ।

नगरपालिका र सामुदायिक वनको समन्वयले यस ठाउँको बिकासका लागि स्तम्भहरु बन्ने बताए । सामुदायिक वनको उपलब्धि भनेको उपभोक्ताहरु भएको हुँदा वन संरक्षण र संवद्र्धनमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । सामुदायिक वनबाट धेरै कुराहरुको समाधान गर्न र निर्माण गर्न सकिने उनकको भनाई थियो । बसन्तपुर वाल उद्यानलाई सम्पन्न गर्न बिभिन्न संघसंस्था, नगरपालिका र प्रदेशसँग समन्वय भैरहेको नगर प्रमुख श्रेष्ठले बताए । वाल उद्यानको अधुरो कार्य पुरागर्न वाल उद्यानको डिपिआर तयार गरी नगरपालिकाबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पत्रचार गरि सकिएको श्रेष्ठको भनाई छ ।

कार्यक्रमका बिशिष्ट अतिथी वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले वैज्ञानिक बनमा सरकारले एक्कासी रोक लागाएपछि सडकदेखि सम्बन्धित निकाय सम्म पुगेर शान्तिपूर्ण आन्दोल सहित मागहरु गर्दै धेरै संघर्षका बावजुद वैज्ञानिब वन व्यवस्थापन सफल भएको बताइन् ।

सरकारलाई चुनौती दिएर अगाडी बढ्दै जाँदा हाल वास्तवमा पहिलो वन व्यवस्थापन गर्न सफल हुनु सबैको गर्वको बिषय भएको महासंघका केन्दिय अध्यक्ष सेनको भनाई छ । देशका सातवटै प्रदेशका ७ सय ७६ सामुदायिक वनहरुमा वैज्ञानिक वन व्यवस्थापन लागू गर्न सफल भएको र ६६ जिल्लामा कार्ययोजना तयारी भैरहेको र यस आर्थिक वर्षदेखि लागू हुने तयारी रहेको अध्यक्ष सेनले बताइन् । ३१ सामुदायिक वन र ८ वटा चक्ला वनमा बैज्ञानिक वन व्यवस्थापन लागू भएको उनले जानकारी गराइन् ।

बसन्तपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पंचम सिंहले ०८०.०८१ को अनुमानित बजेट २८ लाख ५५ हजार रुपैयाँ र निती तथा बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै संस्थाका कोषाध्यक्ष सरस्वती आचार्यले ०७९/०८० को आयव्यय प्रस्तुत गरेकि थिइन् ।

कार्यक्रममा बुद्धभूमि नगरपालिकाका कार्यपालिका सदस्य कमला चौधरी, सव डिभिजन वन कार्यालय गोरुसिंगेका रेञ्जर डिलिप यादव, बसन्तपुर सामुदायिक वनका पूर्व अध्यक्ष मोतिबहादुर थापा, त्रिशुली सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठ लगायतले शुभकामनासहित आआफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा सामुदायिक वनले गरिव तथा जेहेन्दार बिद्याथीहरुलाई नगद र शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । प्रगतीशिल र सरस्वती आमा समूहका पदाधिहरुलाई पोषाक हस्तान्तरण गरिएको बसन्तपुर सामुदायिक बन उपभोक्ता समूहले जनाएको छ । बसन्तपुर सामुदायिक वनका अध्यक्ष पंचम सिंहको अध्यक्षता, सचिव दधिराम कंडेलको स्वागत तथा लेखा संयोजक बासुदेव खनालको सञ्चालनमा कार्यक्रम भएको हो ।