ब्राहमण समाज नेपाल बुटवल दुईद्धारा तीज विशेष कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२ आश्विन २०८०, मंगलवार
249 shares

बुटवल । ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ ले हिन्दू नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा सोमबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

तीजको मौलिकता र महत्व जोगाइराख्न समाजले कार्यक्रम गरेको हो । ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद पौडेलले वडा कार्यालय परिसर नजिकै नाचगानसहित मौलिक रुपमा तीजको कार्यक्रम गरिएको बताए ।

सो अवसरमा ब्राहमण समाज रुपन्देहीका सहसचिव कमला पन्थले तीजलाई भडकिलो नभई मौलिक रुपमा बनाउनुपर्नेमा जोड दिइन । उनले चाडपर्वहरु भडकिला बन्दै गइरहेको बताउँदै त्यसमा सचेत रहन सबैलाई आग्रह गरिन् । वडा नम्बर २ का अध्यक्ष सुनील शाक्य, वडा सदस्य गौतमलाल शाक्य, महिला जनप्रतिनिधि गंगादेवी घिमिरे, बाबुराम पोखरेल, बाबुराम पौडेल, धनमाया लामा लगायतले बोल्दै चाडपर्व र संस्कृतिलाई संरक्षण गर्दै अघि बढनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ का कोषाध्यक्ष जीवलाल पौडेलले गरेका थिए । ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडाले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।