बुटवल । नेपालका लागि भारतबेन्जको आधिकारिक विक्रेता ओम्नी मोटर्स प्रा.लिले बुटवल उपमहानगरपालिका १० कालिकानगरमा पाटर्स आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालमा पहिलो पाटर्स आउटलेट बुटवलमा सञ्चालनमा ल्याएको हो ।
ग्राहकको सहजता र भातरबेन्जको जेन्इयुन पाटर्सको पहुँच अझै फराकिलो बनाउने उद्देश्यले बुटवलमा पाटर्स आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीका कस्टुमर सर्भिस हेड सुमन धमलाले जानकारी दिए । अब देशका विभिन्न सहरमा पाटर्स आउटलेट विस्तार गर्ने तयारीका रहेको कम्पनीले जनाएको छ ।