ट्राफिक जरिवाना अब इसेवाबाट

मेचीकाली संवाददाता

३ आश्विन २०८०, बुधबार
362 shares

बुटवल । लुम्बिनी प्रदेश अन्तर्गतका कपिलवस्तु, दाङ, रुपन्देही, अर्गाखाँची, गुल्मी र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) जिल्लाहरुबाट जारी भएका ट्राफिक जरिवानाको भुक्तानी अब एसेवा एपबाट सजिलै गर्न मिल्ने भएको छ ।

इसेवा एपभित्र रहेको Govt. Payment मा गएर Traffic police fine payment भन्ने अप्सन छान्ने , ड्रपडाउन मा आर्थिक बर्ष, प्रदेश र जिल्ला छान्ने र अन्त्यमा आफ्नो चिट नम्बर राखेर भुक्तानी सम्पन्न गर्न सकिनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् ।

यसैभरी देशभर रहेका २ लाख १५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा पुर्याउनेक्रममा हाल इसेवाबाट आन्तरिक राजश्व कार्यालय, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, राहदानी, कन्सुलर सेवा विभाग लगायत अन्य विविध राजश्व रकम भुक्तानी गर्नमिल्ने ब्यबस्था छ ।