बुटवल। रुपन्देहीको कञ्चन गाउँपालिका–४ रुद्रपुरस्थित ॐ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले साधारणसभाको उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताए । देशमा बढ्दै गइरहेको आर्थिक संकटलाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँडाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्र्ने उनले बताए । पछिल्लो समयमा सहकारी संस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पु¥याएको पूर्वमुख्यमन्त्री गिरीको भनाइ थियो । पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास घटिरहेको अवस्थामा वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्नेमा उनले जोड दिए । सहकारी सबैका लागि हो भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको पूर्वमुख्यमन्त्री गिरीले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि युवराज गिरीले दशनामी बन्धुहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । संस्थामा आबद्ध भएका शेयर सदस्यहरुले नयाँ सदस्य वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार रोमलाल पुरी, दशनामी समाजका पूर्व केन्द्रिय उपाध्यक्ष तथा संस्थाका शुभेच्छुक नेत्र बन, तिलोत्तमा नगरपालिका–१ का अध्यक्ष फर्सुराम गिरी, गोकुल गिरी, दिनानाथ गिरी, शान्तराम गिरी, नेत्र पुरीलगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गर्दै सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष भरथ गिरीले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । दशनामी बन्धुहरुलाई एकताबद्ध गर्न सात वर्षअघि संस्था स्थापना भएको स्मरण गर्दै उनले संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने बताए । समाजमा छरिएर रहेको स–सानो पूँजीलाई संकलन गरि सदस्यहरुबीच विभिन्न वित्तीय पहुँच पु¥याएर स्वरोजगारको अवस्था सिर्जना गर्न बिभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउँदै शेयर सदस्यहरुलाई शुलभ, प्रविधि युक्त, सदस्यमैत्री सेवा प्रदान गर्न संस्था सधैँ लागिरहने उनको भनाइ थियो । संस्थाकी कोषाध्यक्ष दिपा गिरीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा लेखा समिति संयोजक विश्वराज गिरीले प्रस्तुत गरेको लेखा समिति प्रतिवेदन साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
कार्यक्रममा सहकारीका उत्कृष्ठ बचतकर्ता, असल ऋणी र पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो । हाल सहकारीमा ४६९ जना शेयर सदस्य रहेका छन् । भने शेयर पूँजी ३६ लाख ८५ हजार रुपैयाँ रहेको छ । सहकारीले २ करोड ६३ लाख २५ हजार ७८२ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाका अध्यक्ष भरथ गिरीको अध्यक्षता, सचिव सुरेश गिरीको स्वागत तथा विष्णु पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।