यातायात क्षेत्रमा काम गर्ने मजदुरलाई अभिमुखीकरण

मेचीकाली संवाददाता

६ आश्विन २०८०, शनिबार
1068 shares

बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटिले सगठन सुदृढीकरण तथा विस्तारका लागि कार्य थलो अभियानअन्तर्गत शुभारम्भ अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । संगठनले यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुलाई अभिमुखीकरण दिएको हो

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सरकारले श्रमिको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न नसकेको बताउँदै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको लागुगर्न नसको बताए ।

उनले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकारप्राप्त स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने बताए । यातायात व्यावसायिक हरेक समस्यहरु छन्, काम गरेर उयुक्त पैसा आउने अवस्था नहरेको हुँदा हरेक क्षेत्रका श्रमिकहरुलाई सामान खालको व्यवहार गरी श्रमिकहरको न्यूनतम पारिश्रिक तोकिनुपर्ने बताए । यसको कार्यन्वयनको लागि जिफन्ट विभिन्न खालका दवावमूलक कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रममा जिफन्टका राष्ट्रिय कमिटि सचिव हरिबहादुर कार्की, नेपाल यातायात स्वतन्त्र मजदुर सगठनका केन्द्रीय उपाध्यक्ष ठाकुरप्रसाद गैरेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश उपाध्यक्ष प्रकाश बस्यालको अध्यक्षयता तथा प्रदेश सचिव होमबहादुर क्षेत्रीको सञ्चालनका कार्यक्रम समपन्न भएको थियो ।