कपिलवस्तु । कपिलवस्तुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै समग्र कपिलवस्तुको समृद्धिमा टेवा पुग्ने गरी आफूले योजना बनाउन पहल गर्ने नवनियुक्त लुम्बिनी प्रदेश योजना आयोग सदस्य सरोज खनालले बताए । उद्योग ब्यापार संघ कपिलवस्तुका सल्लाहकारसमेत रहेका खनालको सम्मान कार्यक्रममा उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै सदस्य खनालले कपिलवस्तुलाई हेर्ने दृस्टिकोण अलि हेपाहा प्रवृत्तिको रहेको बताए ।
बनाएर पठाएका योजनाहरुसमेत कटौती गर्ने गरेको अवस्था रहेकोमा आफू योजना आयोगमा आइसकेपछि अधिकतम योजनाहरु कपिलवस्तुको लागि छनौट गर्न प्रयास गर्ने उनले बताए । यस वर्षको बजेट बनिसकेकोले आगामी वर्षहरुमा बन्ने बजेटमा कपिलवस्तु उच्च प्राथमिकतामा पर्नेछ र आगामी चार बर्षे योजना बनाउदा प्रदेशबाट बन्ने योजनाहरु धेरै कपिलवस्तुको लागि पार्न प्रयास गर्ने बताए । समग्र प्रदेशको योजना बनाउने हुँदा प्रदेशकै समृद्धिका लागि योजना बनाउँदा पनि कपिलवस्तु आफ्नो गृह जिल्ला भएकाले पनि आफ्नो पहिलो प्राथमिकता हुने खनालको भनाइ छ ।
आफूलाई पहिलो सम्मान आफ्नै सस्थाले गरेकोमा अत्यन्तै खुशीको भाब ब्यक्त गर्दै सदस्य खनालले म आफैँ एउटा व्यवसायी भएको र समग्र व्यवसायको अवस्था राम्ररी बुझेको हुँदा व्यवसायिक हकहितसँगै संस्थागत सहकार्यका लागि प्रतिबद्धता जनाए ।
उद्योग व्यापार संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले नवनियुक्त सदस्य खनालको कार्यकाल सुखद र सफल रहोस् भन्ने सुभेक्षा प्रकट गर्दै उद्योग व्यापार संघ कपिलवस्तुको लागि गर्भिलो उपलब्धि भएको बताए । समग्र व्यवसायीलाई फाइदा हुनेगरी योजना बनाउन सफलता मिलोस्, कपिलवस्तुको मुहार फेरिने गरी योजनाहरु बनाउन पहल हुनेछ भन्ने अपेक्षा गरे ।
उद्योग व्यापार संघ , कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले प्रदेश योजना आयोगमा नियुक्ति भएकामा संस्थाका सल्लाहकारसमेत रहेका सरोज खनाललाई बधाइ तथा सुखद सफल स्मरणीय अनुकरणीय एवम उदाहरणीय कार्यकालको शुभकामना दिँदै यो उपलब्धिले उद्योग ब्यापार संघ कपिलवस्तुको पहिचान र उचाइ थप बढेको महसुस भयको बताए । यसले समग्र कपिलवस्तुलाई त फाइदा पुग्नेनै छ । सामुहिक लगानीमा उद्यमसिलताको वातावरणका लागि योजना बनाउन पहल गर्न आग्रह गर्दै व्यवसायिक हकहित, स्थायीत्वसँगै आत्मनिर्भर एवम् स्वाधिन अर्थतन्त्र निर्माणमा टेवा पुग्ने योजना बनाउन सफलता मिलोस भन्ने शुभकामना दिए ।
उद्योग व्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द (पौडेल) को अध्यक्षता, सदस्य सन्तोस गैरेको सञ्चालनमा भएको उक्त स्वागत सम्मान कार्यक्रममा निवर्तमान अध्यक्ष, संघका पदाधिकारी एवम् सदस्यहरु, सल्लाहकारलगायतको उपस्तिथि रहेको थियो ।