पार्वती आचार्य
कपिलवस्तु । कपिलवस्तुको पर्यटकीय स्थल बाणगंगा नगरपालिका ३ राजापानीमा आयोजना तयारी गरिएको साइकल प्लाङक ब्यालेन्स प्रतियोगिताका लागि यसपटक स्वदेश तथा विदेशी साइकल राइडरहरुले समेत सहभागिता जनाउने भएका छन् । लायन्स क्लव अफ कपिलवस्तुले नेपालमै पहिलो पटक भित्रएको यो रमाइलो खेलका लागि गत वर्ष पहिलो संस्करण आयोजना गरेको थियो । भने यसपटक लायन्सले नै दोस्रो संस्करण आयोजनाको तयारी गरिरहको छ । प्रतियोगिताको तयारीबारे जानकारी दिन शनिबार जितपुरमा आयोजित पत्रकार सम्मेलनमा यसपटक उक्त खेललाई अझै बृहत्तर बनाउने जानकारी दिइएको हो ।
लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गर्ने ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाई सकाइकल चलाउने) प्रतियोगिताका लागि अहिले सम्म देशका विभिन्न जिल्लाबाट ४० बढीले रजिष्टेशन गरेको बताइएको छ । दोस्रो सँस्करण ऐतिहासिक बनाउने प्रतियोगिताका संयोजक विष्णु घिमिरेले बताएका छन् । नेपालमा पहिलो पटक २०७९ असोज १५ गते साइकल ब्याङक ब्यालेन्स प्रतियोगिता सम्पन्न भएको थियो ।
दोस्रो सँस्करण भने यही असोज २७ गते वाणगंगा स्थित राजापानीमा संचालनको तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रमको विषयमा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओमप्रकाश घिमिरेले यो एउटा प्रतियोगिता मात्र नभई कपिलवस्तुको चिनारीका लागि पनि एक गतिलो माध्यम बनेको बताएका छन् । यसपटक प्रतियोगितालाई गत वर्ष भन्दा अझै व्यवस्थित र भव्य बनाउने तयारी रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रतियोगितामा बाणगंगा साइकल राइडर क्लवले समेत सहयोग गर्दै आएको छ । भने स्थानीय तह, विभिन्न संघ संस्था तथा राजापानि सामुदायिक बनसँँगको समेत समन्वयमा आयोजना तयारी गरिएको लायन्सले जनाएको छ । प्रतियोगितामा भाग लिनेहरुका लागि लायन्सले अन्लाईन रजिष्टेसन खुल्ला गरेको छ । प्रतियोगितामा रु.१ हजार पाँच सय रुपैंयामा रजिष्टेशन गर्न सक्ने लायन्सले जनाएको छ । एकजना सहभागीको रजिष्ट्रेजन शुल्क रु. १ हजार ५ सय लाग्ने र टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन आयोजकले गर्ने लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष घिमिरेले बताए ।
प्रतियोगितामा सुरक्षा संवेदन शिलतालाई मध्यनजर गर्दै नेपाल प्रहरी, एपिएफसंग सहकार्य गरिएको छ भने स्वास्थ्य सुरक्षाको लागि प्राथमिक उपचार, एम्बुलेन्सका लागि यहाँका अस्पतालसंग समेत सहकार्य गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेले रु. ५० हजार रुपैंया , द्धितीय हुनेले रु. २५ हजार, तृतीय हुनेले रु. १५ हजार रुपैंया र सान्त्वना हुनेलाई गिफ्ट हेम्पर सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने संयोजक विष्णु घिमिरेले बताएका छन् । जिल्लामा खेलकुद सङ्गै पर्यटनको विकास गर्नको लगि यस प्रतियोगितालाई निरन्तरता दिएको आयोजकको भनाई छ ।
यहि असोज २७ गते हुने खेलमा विश्व साइकलयात्री अजित बराल आउने छन् । प्रतियोगिताको लागि आबेदन खुला गरिएकोले प्रतियोगितामा सहभागी हुन चाहानेहरुले आबेदन फर्म भर्न सक्ने सक्ने छन् । यस खेलकालागि गत वर्ष १४५ जनाले रजिष्ट्रशन फर्म भरेका थिए भने अहिले करिब २५० देखि ३०० जनाले आबेदन दिने क्लबको अनुमान रहेको छ ।
प्रतियोगितामा १२ वर्ष भन्दा माथिका व्यक्ति सहभागी हुन पाउने भएपनि १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीको हकमा अनिवार्य अभिभावकको उपस्थिती र अनुमति लिनुपर्नेछ भने १८ वर्ष भन्दा माथिका ब्यक्तिको हकमा भने जटिल किसिमका समस्या नभएका जो कोहीले समेत सहभागिता जनाउन पाउने क्लवले जनाएको छ । गत वर्ष प्रतियोगितामा ९ लाख खर्च भएको र यस वर्ष १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले दोश्रो साइकल प्लाङक ब्यालेन्स प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नको लागि जिल्लाका हरेक मिडिया लागिपर्ने प्रतिबद्धता जनाउनु भयो । लायन्सका हरेक कार्यमा मिडियाले सहकार्य गरेको स्मरण गर्दै आफुहरु सधै सकरात्मक भएको उहाँले बताउनु भयो ।
लायन्स क्लव अफ कपिलवस्तुको अध्यक्ष ओम प्रकाश घिमिरेको अध्यक्षतामा फस्ट भिपी नवदत्त घिमिरेको स्वागत तथा प्रेस सल्लाहकार नवराज बेल्वासेको संचालनमा लायन्सका पदाधिकारीहरु र क्रियासिल पत्रकारहरुको सहभागिता रहेको थियो ।