शुद्दोधन सहकारीको १६ औं वार्षिक साधारण सभा

मेचीकाली संवाददाता

७ आश्विन २०८०, आईतवार
258 shares


तुलसीराम पौडेल —
सियारी, असोज ७
रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा स्थित शुद्दोधन बचत तथा ॠण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भयो ।लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले साधारण सभाको उदघाटन गर्नुभएको हो।सो अवसरमा बोल्दै उहाँले नागरिकको आर्थिक उन्नतिमा सहकारीको महत्त्वपूर्ण योगदान रहेकोे बताउनु भयो । सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले सहकारीले उत्पादन मुखी काम गर्नुपर्नेमा जोड दिनु भयो ।कार्यक्रममा बचत तथा ॠण सहकारी सस्था बुटवलका कोषाध्यक्ष भोजबहादुर बुढाथोकी ,लुम्बिनी विशिस्टकृत सहकारी संघ प्रतिनिधि डि० बी ० थापा, ,शुद्दोधन सहकारीका सस्थापक अध्यक्ष अजय अधिकारी ,निवर्तमान अध्यक्ष झपेन्द्रराज अर्याल ,सियारी गाउँपालिका वडा -६ का अध्यक्ष शेरबहादुर गुरुङ ,वडा -७ का अध्यक्ष दिपक बहादुर शाही ,शुद्दोधन गाउँपालिका -४ का अध्यक्ष केशव अधिकारी , समीप बचत तथा ॠण सहकारीका अध्यक्ष सुर्यनारायण यादव ,नारी एकता महिला विकास वचत तथा ॠण सहकारीकि अध्यक्ष हुमकान्ती भुर्तेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को ७४ करोड २७ लाख ९ हजार १ सय ७९ रुपैयाँँ ६३ पैसा बराबरको वार्षिक आय व्यय पारीत गरेको छ।हाल यस संस्थामा शेयर पुजी ५ करोड ५७ लाख ९ हजार एक सय रुपैया रहेको छ भने बचत १७ करोड २७ लाख ४७ हजार ६ सय ५२ रुपैया ५८ पैसा र ॠण लगानी २४ करोड ७८ लाख ८२ हजार ५ सय ८७ रुपैयाँ रहेको छ।यस वर्ष कारोबारबाट १ करोड ८५ लाख ७४ हजार २ सय ९९ रुपैयाँ ४० पैसा विशुद्ध मुनाफा भएको छ।यस सहकारीमा दुई हजार ३ सय ९३ जना शेयर सदस्यहरु रहेका छन् ।
यस सहकारीले आर्थिक वर्ष २०७९ /८० को शुद्ध मुनाफाबाट सम्पूर्ण शेयर सदस्यहरुलाई १८ प्रतिशत शेयर लाभांश वितरण गरेको छ।साधारण सभाले नियमित कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरेको छ। सहकारीका अध्यक्ष मिननाथ शर्माको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीको प्रमुख आतिथ्यता, सहकारीका उपाध्यक्ष कृष्ण प्रसाद नेपालको स्वागत मन्तव्य ,अध्यक्ष मिननाथ शर्माद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत ,कोषाध्यक्ष लालबहादुर घर्ती क्षेत्रीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखा समिति संयोजक हरि प्रसाद न्यौपानेद्वारा लेखा प्रतिवेदन प्रस्तुत रहेकोे कार्यक्रमको संचालन सहकारीका सचीव टंक नारायण आचार्यले गर्नुभएको थियोे ।