तुलसीराम पौडेल —
फर्साटिकर, असोज ७
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित गणपति बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भयो ।शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले साधारण सभाको उद्घाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले सहकारीले ल्याएका रचनात्मक कार्यक्रमहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० को १० करोड ७ लाख ३९ हजार ९ सय ७८ रुपैयाँ १७ पैसा बराबरको आय ब्यय पारित गरेको छ।यस आर्थिक वर्षमा सहकारीले २९ लाख ९५ हजार ८ सय ६० रुपैयाँ १४ पैसा विशुद्ध नाफा गरेको छ।
साधारण सभामा कक्षा १२ मा 3.5 GPA ,स्नातक तहमा 3.5GPA वा प्रथम श्रेणी र स्नातकोत्तर तहमा प्रथम श्रेणी ल्याई पास हुने शेयर सदस्य सन्ततिहरुलाई सम्मान गरिएको थियो । त्यसै ८० वर्ष पुगेका शेयर सदस्यका आमाबुबा र ६५ बर्ष पुगेका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । आर्थिक कारोबारलाई प्रोत्साहन हुनेगरी सहकारीले एक जना पुरुष र एक जना महिला असल ॠणिलाई सम्मान गरेको छ।
सहकारीका अध्यक्ष शिवराम न्यौपानेको अध्यक्षता, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुद्दोधन गाउँपालिका प्रवक्ता एवं वाड नम्बर -४ का अध्यक्ष केशव अधिकारी,संस्थाका सल्लाहकार टंकनाथ अधिकारी , ,असल बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण पराजुली , गाउँपालिका सहकारी शाखा प्रमुख मान बहादुर भण्डारी ,शुद्दोधन सहकारी संजालका संयोजक लेखबहादुर खत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए । साधरण सभामा सहकारीका अध्यक्ष शिवराम न्यौपानेकोको वार्षिक प्रतिवेदन प्रस्तुत , कोषाध्यक्ष गोविन्द घिमिरेको आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखासमिती संयोजक लिला गिरिको लेखा प्रतिवेदन प्रस्तुत रहेको थियोे ।सहकारीका उपाध्यक्ष रमेश खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शेयर सदस्य टंक पौडेलले गरेका थिए ।