नेपाल निर्माण उद्योग परिषद् रुपन्देहीको अध्यक्षमा ज्ञवाली

मेचीकाली संवाददाता

८ आश्विन २०८०, सोमबार
422 shares

बुटवल । नेपाल निमार्ण उद्योग परिषद् रुपन्देहीको अध्यक्षमा राजन ज्ञवाली नेपाल निमार्ण उद्योग परिषद् रुपन्देहीको तेस्रो अधिवेशनबाट अध्यक्षमा राजन ज्ञवाली निर्वाचित भएका छन् ।

परिषद्को उपाध्यक्षमा हिरा श्रेष्ठ, राजेन्द्र रायमाझी, महासचिव नवीन पुन, सचिव राजेन्द्र थापा र कोषाध्यक्षमा निसान भुसाल निर्वाचित भएको व्यवसायी दिपक खड्गीले बताए ।

त्यस्तै सदस्यहरुमा जगत नारायण मण्डल, बुद्विराम न्यौपाने, अनिष बस्नेत, महेश दुवे, जगनारायण चौधरी, अर्जुन चौधरीलगायत रहेका छन् । नवनिर्वाचित अध्यक्षले संगठनलाई थप बलियो बनाउँदै सबै निमार्ण व्यवसायीलाई संगठित गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले एमाले निकट निमार्ण व्यवसायी अरु संगठनको व्यवसायभन्दा उत्कृष्ट हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य गोपाल राना, प्रदेश सदस्य मन्जु भुसाल, बसन्त श्रेष्ठ, नवराज श्रेष्ठ, नारायण भुसाल, जमिन कक्षपति, मनोज गौचन, विष्णु सुब्बालगायतले मन्तव्य राखेका थिए । बुद्धि थापाको अध्यक्षयता र सहसचिव नवीन पुनको सञ्चालनमा कार्यक्रम भएको हो ।