प्रहरी प्रमुख र मानव अधिकारकर्मीबीच मानव अधिकारको अवस्थाबारे छलफल

मेचीकाली संवाददाता

९ आश्विन २०८०, मंगलवार
229 shares

कपिलवस्तु । इन्सेक कपिलवस्तुद्वारा मंगलबार जिल्ला प्रहरी कार्यालयका प्रमुख र मानव अधिकारकर्मीबीच मानव अधिकारको अवस्थाबारे छलफल गरिएको छ । इन्सेक साधारण सदस्य, मानव अधिकार लुम्बिनी प्रदेश संयोजक र कपिलवस्तु जिल्ला प्रतिनिधीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवरत्न पौडेल र डीएसपी गंगा बहादुर थापासंग भेटगरी जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी लिनु भएको छ ।

सो अवसरमा जिल्लामा हुने अपराधिक घटनाहरु , मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुका सन्दर्भमा त्यसलाई न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो । इन्सेकका साधारण सदस्य रुकैया खातुन, मानव अधिकार लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मी र इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले भर्खरै सरुवा भई आउनु भएका एसपी पौडेल र डीएसपी थापालाई स्वागत गर्दै कार्यकालको शुभकामना दिंदै जिल्लामा हुने बिभिन्न घटनाहरुको बिषयमा छलफल गर्नु भएको हो ।

जिल्लामा हुने अपराधिक घटनाहरु , मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरू र समुदायमा हुने लैंगिंक हिंसाका घटनाहरू न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा कुराकानी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका एसपी पौडेलले मानव अधिकारको क्षेत्रमा प्रहरी सम्वेदनशील रहेको बताउँदै जिल्लामा घट्ने बिभिन्न हिंसात्मक, अपराधिक घटनाहरू न्यूनिकरण गर्न सुरक्षा निकाय अब्बल रहने बताउनु भयो । चाडपर्वहरु नजिकिंदै आएको हुँदा जिल्लामा मानव अधिकारको संरक्षणका लागि र शान्ति सुरक्षालाई फराकिलो रुपमा व्यवस्थापन गरिने एसपी पौडेलले भेटघट कार्यक्रममा बताउनु भयो ।

यस्तै इन्सेकका साधारण सदस्य रुकैया खातुनले पछिल्लो समयमा लैगिंक हिंसाका घटनाहरू वढ्दै गएको हुँदा जिल्ला प्रहरी कार्यालयले स्थानीय तह र सरोकारवालाहरू सँग समन्वय सहकार्यको आवश्यकता देखिएको सुझाव दिनु भयो । ठुला चाडपर्वहरु नजिकिंदै आएको हुँदा शान्ति सुरक्षामा बिशेष ध्यान दिन प्रहरी प्रमुखलाई सुझाव दिनु भयो ।

इन्सेक मानव अधिकार लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मीले बढदो लागू पदार्थ दुव्र्यसनि र लैंगिक हिंसा न्यूनिकरणका लागि प्रहरी साँझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन लक्षित समुदायको पहिचान गरी अभियानहरु संचालन गर्न सुझाव दिनु भयो । साथै लैगिंक हिंसाका कारण पीडितले नागरिकता, जन्मदर्ता र बिवाह दर्ताको अधिकार सहज रुपमा प्राप्त गर्न नसक्नु दुखको बिषय भएको हुँदा यस बिषयमा प्रहरी , प्रशासन र स्थानिय सरकारको ध्यान जान जरुरी देखिएको सुझाव दिनु भयो ।

कपिलवस्तु जिल्लामा विशेष गरी बाल विवाह, बहुविवाह , जबरजस्ती करणी , घरेलु हिंसा, लैंगिंक हिंसा, लागूपदार्थ दुव्र्यसनि र बढ्दो आत्हत्याका घटना लगाएतका घटनाहरुले बढी चिनिने जिल्ला भएको हुँदा उक्त कार्यकालागि प्रहरीको अहम भूमिका रहने भएको हुनाले कानुन सम्वत समस्याहरुलाई हल गर्ने सन्दर्भमा प्रहरी प्रमुखहरुलाई इन्सेक मानव अधिकार टोलिले ध्यानाकर्षण गराएको छ ।