सुनिल आचार्य
कपिलवस्तु । अनौपचनरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको सहयोग तथा बाल अधिकार चेतना समूहको आयोजनामा मायादेवी गाउँपालिका ५ स्थित जनता मावि बलुहवामा सोमबार बाल अधिकार चेतना समूहको पुनर्गठन भएको छ ।
वाल अधिकार चेतना समूहका पदाधिकारीहरूको भेलाले सन्तोष कुमार यादवको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार चेतना समूहको पुनर्गठन गरिएको हो । जसको उपाध्यक्षमा श्रीमती पासी, सचिवमा अनिल चौधरी, सह सचिवमा उसमान अजमत र कोषाध्यक्षमा रीमा यादव चयन भएका छन् ।
यस्तै सदस्यहरूमा खुशी चौहान , प्रियंका चौरासिया , स्याम सुन्दर बरई, राज बहादुर यादव , राज्य लक्ष्मी बरई , अञ्जनी बिश्वकर्मा , अञ्जनी यादव , लक्ष्मी यादव , अर्चना रैदास , साधना यादव , नन्दनी पासवान , अकलेश चमार, बिसाल यादव , रविन्द्रर चौधरी , अब्दुल्ला खान लगायत चयन भएका छन् । भने बाल किसुन यादवलाई संरक्षक शिक्षकमा चयन गरिएको छ ।
यसैगरी जनता माविका प्रधानाध्यापक राम निवास चौहानले बालवालिकाहरुको अधिकार सुनिश्चितताका लागि बाल अधिकार चेतना समूह पुनर्गठन स्वागत योग्य भएको बताउनु भयो । बाल बालिकाहरूका समस्या समाधानकालागि बिद्यालयको पूर्ण सहयोग रहने बताउँदै ग्रामिण क्षेत्रको बिद्यालय छनोट गरी बाल अधिकार चेतना समूहको पुनर्गठन गरेकोमा इन्सेक कपिलवस्तुलाई धन्यवाद दिनु भयो ।
प्रधानाध्यापक चौहानले बाल बालिकाहरुले आफ्नो अधिकार माग गर्न सक्नुका साथै घरेलु हिंसा , छुवाछुत लगाएतका बिभिन्न हिंसाहरुलाई न्यूनिकरण गर्न आफ्नो घरदेखि नै शुरुवात गर्ने छन् भन्ने बिश्वास व्यक्त गर्नुभयो ।
बाल अधिकार चेतना समूहका संरक्षक शिक्षक बाल किसुन यादवले पुनर्गठित बाल अधिकार चेतना समूहका पदाधिकारीहरुलाई आफू सचेत हुँदै समाज परिवर्तन गर्न सक्ने क्षमता अभिबृद्धि हुने बिश्वास व्यक्त गर्नुभयो ।
बाल अधिकार चेतना समूहका निवर्तमान अध्यष अष्टिमा चौधरीले इन्सेकले गठन गरेको बाल अधिकार चेतना समूहले बालअधिकारको सुनिश्चितताको बाटो देखाई दिएको बताउनु भयो । शिक्षा , स्वास्थ्य , वातावरण , लैंगिक विभेदको अधिकारको बिषयमा गत आर्थिक वर्षमा सडक नाटक प्रदर्शन प्रभावकारी भएको भन्दै सो कार्यहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । समूह गठन पश्चात बिद्यालयमा देखिएका समस्याहरको पहिचान गरी प्रधानाध्यापकलाई शुद्ध पिउने पानीको समस्या , सौचालयको अभाव , फोहोर व्यवस्थापन नहुनु लगाएतको माग गरेकोमा सो पुरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले कार्यक्रमको उद्देश्य तथा परियोजना सम्बन्धी जानकारी गराउनु भएको थियो ।
यस्तै प्रधानाध्यापक राम नेवास चौहान , दिवाकर यादव, संचारकर्मी सुनिल आचार्य र बिद्यालयका कक्षा ७ देखि कक्षा १० सम्मका बिद्यार्थीहरु लगाएत ३१ जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन बाल अधिकार चेतना समूहका सहसचिव उसमान अजमतले गर्नु भएको थियो ।
बाल अधिकार चेतना समूहका सदस्यहरुलाई सक्रिय बनाउन बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिने र क्षमता बिकासको लागि निबन्ध लेखन प्रतियोगिता , वक्तित्वकला लगाएतको क्रियाकलापहरु गर्ने बाल अधिकार चेतना समूहका अध्यक्ष सन्तोष कुमार यादवले प्रतिवद्धता जनाउनु भयो ।