

बुटवल । एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमालाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । तिलोत्तमा–५ मणिग्रामस्थित लुम्बिनी कृषि उपज तथा थोक बजारमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि.का ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वरदेवि चौधरीले एभरेष्ट बैंकको वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले सर्वसाधारणहरुमाझ वित्तिय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण तिलोत्तमा बासीहरुमा सुरक्षित बैंकिङ्ग कारोबार गर्न हौसाल मिल्ने बताए । नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाउँदै उनले ५५ भन्दा बढी अटो तथा इ–रिक्सा चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोमा यसले नगद कारोबारबाट हुने झन्झट मुक्त हुने र व्यापार प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रोत्साहन तथा निरन्तरता दिने उल्लेख गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रतीले १ सय जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तिय साक्षरता सचेतना प्रदान गरे । सो वित्तिय साक्षरता सचेतना कार्यक्रममा उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न ठूलो मद्दत पुग्ने कुर उल्लेख गरे ।

‘फोन पे’को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको हो । कार्यक्रममा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटा, तिलोत्तमा नगरपालिकाका–५ का वडा अध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमाका सभापति शेषकान्त भुषाल तथा सचिव खड्ग बहादुर के.सी, तिलोत्तमा नगरपालिका आर्थिक विकास शाखा प्रमुख कृष्णप्रसाद पाण्डेलगायत बैंकका डिजिटल विभाग प्रमुख शंकर पोखरेल, बैंकका प्रमुख प्रबन्धक हरिश आचार्य, लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुषाल लगायतको उपस्थिति रहेको थियो ।

स्थापना कालदेखिनै ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । साथै देशभर रहेका आफ्ना १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
