१० बुँदे पाणिनी घोषणापत्र जारी गर्दै सकियो मिडिया सम्मेलन

मेचीकाली संवाददाता

२१ आश्विन २०८०, आईतवार
279 shares

अर्घाखाँची । पाणिनी गाउँपालिकाको दुर्गाफाटमा जारी दुई दिने मिडिया सम्मेलन १० बुदे पाणिनी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । असोज १९ र २० गते आयोजना गरिएको मिडिया सम्मेलनमा अर्घाखाँचीको समग्र बिकासमा मिडियाको भूमिकासहित जिल्लाको बिकासमा योगदान पुर्याउने मिडिया हाउसहरु र पत्रकारहरुको अवस्थाको बारेमा चर्चा गरिएको थियो ।

पत्रकारिताको माध्यमबाट जनतालाई सुसुचित गराउदै समग्र जिल्ला र देशको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने मिडिया हाउसहरुको अवस्था धरासायी हुँदै जानु, केही सिमित ब्यक्ती र एजेन्सिहरु मात्र मोटाउने अवस्था आएकोमा सम्मेलनले आपत्ति जनाएको छ । सम्मेलनले मिडिया हाउसहरु बच्चाउनको लागि लोककल्याणकारी बिज्ञापनको पारदर्शी बितरण, एजेन्सिहरुको उचित नियमन गर्दै मिडिया हाउस र श्रमजिवी पत्रकारहरुको शहज जीवनयापनको ग्यारेन्टी गर्न पनि स्थानइय सरकार संघ, प्रदेश सरकार सहित् सरोकारवाला निकाय सँग माग गरेको छ ।

दुर्गाफाटको सगुन एग्रो रिसोर्टमा १९ गते उद्घाटन र अन्तरकृया कार्यक्रमा गरी २० गते व्याकरण उद्गमा स्थल पाणिनि तपोभुमी पणेना पुगेर जारी गरिएको घोषणापत्रमा पत्रकारहरुको प्रेस पास, मिडिया नविकरण, रेडियो हरुको नविकरण जस्ता सेवाहरु सहज र सरल गराइ सबै काम जिल्ला बाटै गर्न मिल्ने ब्यबस्था मिलाउन पनि सरोकारवाला निकाय सँग माग गरिएको छ् । उद्घाटन सत्रमा कार्यक्रमा सफलअताको शुभकामना दिदै लुम्विनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरीले समस्याको होईन अब समाधानका कुरा गर्नुपर्ने बताएका छन् । हरेक ठाउँमा समस्या मात्र देखाउने प्रवृत्ती हावी भएको भन्दै मन्त्री चौधरीले नकारात्मकता होइन अब सकारात्मकताको कुरा गर्नुपर्ने बताएका हुन् ।

अर्घाखाँचीमा रहेका सकृय पत्रकार तथा मिडिया संचालकहरु सहभागी भएको कार्यक्रममा लुम्बिनी सरकारअका भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरी, प्रदेश सान्सद रामजी प्रशाद घिमिरे, जिल्लाका छ् वटा पालिकाका प्रमुख उपप्रमुखहरु, पाणिनि गाउपालिकाका निवर्तमान अधक्ष्य, उपाधक्ष्य, पानीनिका ८ वटा वार्डका वार्ड अधक्ष्यहरु, राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु अग्रज पत्रकार बालकृश्न चापागाइ, माधव नेपाल, बिष्णु भुसाल हिम जिसी लेकाली को उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमा पाणिनी पत्रकार समाजको आयोजनामा भएको उक्त कार्यक्रम प्रकाश बेल्बासे प्युठानिको अधक्ष्यता र भिम विश्वकर्माको सन्चालनमा भएको थियो ।