बुटवल। तिलोत्तमा नगरपालिका–५ मणिग्राममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ ।
सोमबार नेशनल लाइफ इन्स्योरेन्स बुटवल शाखा प्रमुख गोपाल ज्ञवालीले मणिग्राम शाखाको उद्घाटन गरे । सोही अवसरमा उनले पछिल्लो समयमा बीमा प्रति आमनागरिकको विश्वास बढ्दै गईरहेको बताए । बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई लक्षित वर्गसँगै कम आय भएका नागरिकसम्म पु¥याउन आवश्यक रहेको विचार व्यक्त गरे ।
कम्पनीको व्यवसाय वृद्धि गर्ने क्रममा बुटवल र भैरहवाको बिचमा रहेका ग्राहकलाई सेवा विस्तारमा सहयोग पुर्याउने उद्देश्यले मणिग्राममा नयाँ शाखा खोलिएको शाखा प्रमुख विवेक खनालले बताए । देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजी एकिकृत गरी बीमामार्फत सहि ठाउँमा प्रयोग भइरहेको उनको भनाई थियो । जीवन बिमा कम्पनी मध्ये सबैभन्दा धेरे बोनस दिने कम्पनी रहेको उनले दावि गरे । ग्राहकलाई सहज र सरल किसिमले सेवा प्रदान गर्ने शाखा प्रमुख खनालले पतिवद्धता जनाए ।
कार्यक्रममा बुटवल शाखाका मार्केटिङ हेड गोविन्द भट्टराई, बिजनेस म्यानेजर सर्मिला (अर्याल) पाण्डे, चुरामणि सेवेदी, ताराप्रसाद नेपाल, श्यामकुमारी नेपाल, बन्दना भुसाल, अस्मीन गुरुङ लगायतको उपस्थीति रहेको थियो ।