आर्थिक अवस्था मजबुद बनाउन सहकारीको भुमिका महत्वपुर्णः आचार्य

मेचीकाली संवाददाता

२२ आश्विन २०८०, सोमबार
317 shares

बसन्ती आचार्य

कपिलवस्तु । लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेजप्रसाद आचार्यले सहकारी तथा ग्रामिण भेगका महिला तथा पुरुष दुबैको आर्थिक अवस्था लाई मजबुद बनाउन सहकारीको महत्वपुर्ण भुमिका रहेको बताएका छन् । दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेटको १६ औँ वार्षिक साधरण सभामा बोल्दै आचार्यले सो कुरा बताएका हुन् ।

कपिलवस्तु जिल्ला सहकारी संघका उपाध्यक्ष समेत रहेका आचार्यले देशमा आर्थिक सङ्कट परिरहेको समयमा सहकारीले विपन्न परिवारहरुको आर्थिक अवस्थालाई माथि उठाउन निक्कै सहयोग गरेको दाबी गरे । समाज रुपान्तरण देखि हरेक क्षेत्रमा सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउदै सहकारीले उत्पादनमूलक र उद्यामशील बनाउन सकेमात्र सहकारीका सदस्यहरुमा जीवनयापनमा सहज हुने विस्वास व्यक्त गरे ।

त्यस्तै सहकारीका जिल्ला तथा केन्द्रिय प्रतिनिधि राजेन्द्र विक्रम शाहले सहकारीले समाजमा उद्यमशिलतालाई जोड दिइरहेको बताए । सहकारीको मुख्य धर्म भनेकै व्यवसायीको क्षमता विकास गरि रोजगार बढाउनु रहेकोले त्यसमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । यसैगरी सहकारी संस्थाका सल्लाकार झलक मल्लले संस्थाले विगत लामो समय देखि नै उदाहरणीय कार्यहरु गर्दै आएको बताउदै संस्थालाई अगाडी बढाउन सबै मिलेर जानुपर्ने बताए ।

त्यस्तै संस्थाका अध्यक्ष कृष्ण बहादुर शाहीले सहकारीले समाजमा रहेका हरेक मानिसहरुको हित र भलो गर्ने प्रभावकारी माध्यम बनेको बताए । स्थानियको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि र जीवन स्तर माथि उठाउन आर्थिकको पाटो बलियो हुन जरुरी रहेको उनको भनाई थियो ।

कार्यक्रममा उप समिति दिल बहादुर शाहिले २०७९÷०८० को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने २०८० को लेखा समितिको वार्षिक प्रतिवेदन लेखा संयोजक चित्र बहादुर खाणँले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कृष्ण बहादुर शाहिको अध्यक्षता, उपाध्यक्ष कमला खाँण (सुस्मा) को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव निर्मल शाहिले गरेका थिए । कार्यक्रममा संस्थाका सेयर सदस्यहरु, संचालक समितिका पदाधिकारीहरु, लेखा समितिका पदाधिकारीहरु, समाजसेवी बुद्धिजिवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।