युवा संघ नेपाल रुपन्देहीद्वारा दसैँको शुभकामना आदानप्रदान

मेचीकाली संवाददाता

२८ आश्विन २०८०, आईतवार
289 shares

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले हिन्दूहरुको महान् चाड बडादशैँ, दिपावली, छठ तथा नेपाल संवत्को अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको राजनीतिक आन्दोलनलाई नेतृत्व गर्ने संगठन नै युवा संघ भएको उल्लेख गरे ।

पौडेलले मुलुकलाई सही दिशालमा डो¥याउनका लागि होस् वा राजनीतिक परिवर्तनका विभिन्न आन्दोलनहरुमा युवासंघको बलिदान र त्यागलाई भुल्न नसकिने उल्लेख गरे । युवा संघले बडादशैँ, दिपावली, छठ तथा नेपाल संवत् लगायतका पर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गरी साम्प्रदायिक एकता र भावनालाई कदर गरेको बताए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य लिला गिरी, एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, केन्द्रीय पोलिटव्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु माधप्रसाद न्यौपाने, गोमा आचार्य, सावित्रादेवी अर्याल लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा संघ रुपन्देहीका उपाध्यक्ष दिपक खड्गीको स्वागत तथा सचिव दिपेश कँडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । शुभकामना आदानप्रदानसँगै राष्ट्रिय कलाकार बैकुण्ठ महतले विभिन्न जनवादी गीतसँगै मनोरञ्जन प्रदान गरेका थिए । सबै धर्म संस्कृतिको संरक्षण तथा आपसी सद्भाव कायम गर्नका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ रुपन्देही अध्यक्ष विकास बस्नेतले बताए ।