समाजबादको लागि जनताका बीचमा छौँः नेता क्षेत्री

मेचीकाली संवाददाता

२९ आश्विन २०८०, सोमबार
465 shares

अनिल नेपाली

अर्घाखाँची । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा अर्घाखाँचीका अभियान ईन्चार्ज बामदेब क्षेत्रीले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब परिबर्तन र समाजवादका लागि एउटा नयाँ खालको संघर्षको आवश्यकता भएको बताएका छन् । नेकपा माओबादी केन्द्र अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको विजयादशमी तथा शुभदिपाबलीको पाबन अबसरमा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्दै नेता क्षेत्रीले यस्तो बताएका हुन् ।

नेता क्षेत्रीले पुर्व माओबादी लगायत देशमा भएका कम्युनिस्ट समाजवादका लागि पनि आफूहरु मिल्नैपर्ने निष्कर्षमा पुगेको बताउदै देशमा भएको परिबर्तन नेपाली जनताको सघर्ष र त्यागबाट आएको बताउदै बर्तमान सरकार जनताका सपना साकार पार्न भ्रष्टाचार र सुशासन लगायतका घटनामा ढुढ सकल्पका साथ अगाडि बढेकोले माओबादीले जनतामा यसपालि नयाँ अभियानको सुरुबात समेत गरेको बताएका थिए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य ठाकुर कुमार विक, सरस्वती न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईराला , सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण श्रेष्ठ, नेपाली काँग्रेस लुम्विनी प्रदेशका सहमहामन्त्री विष्णु खनाल मुस्कान, नेकपा एमालेका प्रदेश सदस्य केबी भुसाल, रास्वपाका जिल्ला सयोजक हरि भुसाल राष्ट्रिय जनमोर्चा एकीकृत समाजबादीका अध्यक्ष राम चौहान पत्रकार महासघका अध्यक्ष अशोक खनाल चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए

कार्यक्रम नेकपा माओबादीका जिल्ला सयोजक राजेन्द्र भुसालको अध्यक्षता नेता ठाकुर सौरागको सञ्चालन केन्द्रिय सदस्य अनिल किशोर घिमिरे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमा विभिन्न सघं संस्थाका उद्योगी व्यवसायी लगायतको सहभागिता रहेकोे थियो ।