बुटवल पब्लिक स्कुलमा शुभकामना आद्रानप्रदान तथा मुखपत्र बिमोचन कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२ कार्तिक २०८०, बिहीबार
284 shares

बुटवल । तिलोत्तमा वडा नं ३ स्थित बुटवल पब्लिक स्कुलले बिजय दशमी तथा शुभ दिपावली र छठ पर्वको अबसरमा शुभकामना आद्रानप्रदान एवं बिद्यालयको मुखपत्र बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्माको अध्यक्षता एवंम साहित्यकार बुद्द रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

बिद्यालयको मुखपत्र प्रमुख अतिथि राना, संस्थापक अध्यक्ष हेमलाल शर्मा, समाजसेवि तथा साहित्यकार जङ्ग बहादुरशाह लगाएतले लोकापर्ण गरेका गरेका थिए । सो अबसरमा बोल्दै प्मुख अतिथि रानाले संस्कर सहितको शिक्षा बुटल पब्लिक स्कुलले प्रदान गरेकोमा प्रसंसा गर्दै अझै प्रयोगात्मक शिक्षामा जोड दिन आग्रह गरे ।

उनले चाडपर्व मनाउदा अरुको देखासिकी नगरी आफ्नो गक्ष अनुसार मनाउन आग्रह गरे । नेपाली पर्वको सम्बध्दन र प्रबन्धनमा सबै लाग्नुपर्ने समेत उनले बताए ।

स्कुलका संस्थापक अध्यक्ष हेमलाल शर्माले संकृतिको जगेर्ना गर्न सके हाम्रा पर्वहरु मौलिक रहने बताए । बिद्यालयमा गरिने चाडपर्व लक्षित कार्यक्रमले बिद्यार्थीमा संस्कारको बिकास समेत हुने उनको भनाई छ ।

कार्यक्रममा समाजसेवि तथा साहित्यकार जङ्ग बहादुर शाह, गुल्मी(चारपाला रुपन्देही सम्पर्क समाजका निर्वतमान अध्यक्ष हुमनाथ ज्ञवाली, विद्यालयका निर्देशक मिरा शर्मा, विद्यालयका सह–प्राचार्य रामचन्द्र पौडेल लगाएले बोलेका थिए ।

कार्यक्रम कक्षा १० कि बिद्यार्थी क्यारन गुरुङको सञ्चालनमा सम्पन्नभएको थियो ।