बागमती प्रदेशको मुख्यमन्त्रीमा शाक्य नियुक्त

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
82 shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

यसअघि बुधबार अपराह्न डोरमणि पौडेलले मुख्यमन्त्री र एमाले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएसँगै उनकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको थियो ।

एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नेता माधवकुमार नेपाल पक्षमा रहे पनि पार्टी विभाजन भएपछि ओली पक्षमा उभिएकी हुन् ।