सम्मानको १३ औ साधरण सभा तथा पाँचौ अधिबेशन

मेचीकाली संवाददाता

१८ कार्तिक २०८०, शनिबार
362 shares


तुलसी राम पौडेल
रुपन्देही, कार्तिक १७

सम्मान बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुद्धोधन-४ रुपन्देहीको १३ औ साधरण सभा तथा पाचौं अधिबेशन शुक्रवार सम्पन्न भयो।सम्पन्न अधिबेशनले पुनः लेख बहादुर खत्रीको अध्यक्षतामा नया कार्यसमिति सर्व सम्मत रुपमा निर्वाचित गरेको छ। कार्यसमितीको उपाध्यक्षमा रामलाल भुसाल, सचिब रबि राना , कोषाध्यक्षमा छबिलाल खत्री सर्वसम्मत निर्वाचित भएका छ्न। त्यसैगरी सदस्यहरुमा अर्जुन थापा क्षेत्री, हेमलाल गिरि , सितली थापा, लिल बहादुर भण्डारी, गौरी वास्तोला सर्वसम्मत चएन हुनुभएको छ। लेखा समितीको संयोजकमा रमेश थापा सदस्यहरुमा ऋषिराम आले र लिला केसि सर्वसम्मत चएन भएका छन् । सहकारीमा अध्यक्ष लेख बहादुर खत्रीको अध्यक्षता , जिल्ला समन्वय रुपन्देहीका अध्यक्ष उमाकान्त चापागाईंको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चामुण्दा कृषि सहकारीका अध्यक्ष शेर बहादुर काफ्ले , सिटिजन लाइफ इन्स्योरेन्स क्षेत्रीय प्रमुख दुर्गाराज ढकाल, शुद्धोधन वडा न ५ का अध्यक्ष चन्द्रभान चौधरी , शुद्धोधन गाउपालिका सहकारी शाखा प्रमुख मान बहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा सहकारीका अध्यक्ष लेख बहादुर खत्रीबाट वार्षिक प्रतिबेदन ,कोषाध्यक्ष छबिलाल खत्रीबाट आर्थिक प्रतिबेदन र लेखा समिती संयोजक रमेश थापाबाट लेखा प्रतिबेदन प्रस्तुत रहेको थियो। सहकारीका उपाध्यक्ष रामलाल भुषालको स्वागत गन्तव्य रहेको कार्यक्रमको सन्चालन शेयर सदस्य रबि रानाले गरेका थिए ।