वालिङ । स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा यामकान्त खनाल निर्वाचित भएका छन् ।
नवौं अधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न मतदानबाट चार वर्षका लागि लागि खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको हो । खनाल १ हजार ५ सय ७१ मत प्राप्तगरी निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी लक्ष्मीपति पौडेलले ७ सय १५ मत पाए ।
यस्तै उपाध्यक्षमा यज्ञप्रसाद अधिकारी निर्वाचित भए । अधिकारीले २ हजार ८६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी यमलाल शर्मा पंगेनीले ४ सय ३८ मत पाए ।
यस्तै सचिवमा गोकर्ण प्रसाद भट्टराई निर्वाचित भए । उनले २ हजार १२ मत ल्याउदा प्रतिस्पर्धी कमल पंगेनीले ५ सय ३२ मत ल्याए । यसैगरी कोषाध्यक्षमा दुर्गा कुमारी न्यौपाने निर्वाचित भइन । ५ मतान्तरले यज्ञप्रसाद पाठकलाई पछाडि पार्दै न्यौपाने निर्वाचित भएक हुन । न्यौपानेले १ हजार २७५ र पाठकले १ हजार २ ७० मत पाए ।
लेखा तथा सुपरिवेक्षण समिति र ९ जना सदस्यका लागि भने पहिला नै सहमति भैसकेको हो । जसमा लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा परसुराम लम्साल सर्वसम्मत निर्वाचित भएका छन् । भने सदस्यहरुमा गोपाल जिटी र सिर्जना सिग्देल (काफ्ले) रहेका छन् ।
यसैगरी सञ्चालक सदस्यहरुमा राजिव कुमार अर्याल, भवि गुरुङ, राजेन्द्रप्रसाद बगाले, सुमन कल्याण अर्याल, घनश्याम पाठक, शालिकराम न्यौपाने र मोहनीलाल गैरे रहेका छन् भने महिला सदस्यमा तारा तिवारी र सरस्वती पाण्डे निर्वाचित भएका छन् ।