मिडिया एक्सन फर रोड सेफ्टीको संयोजकमा स्वस्तिक श्रेष्ठ

मेचीकाली संवाददाता

२० कार्तिक २०८०, सोमबार
209 shares

बुटवल । बुटवलबाट दुर्घटना न्युनिकरणको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था मिडिया एक्सन फर रोड सेफ्टीले नयाँ कार्यसमिति चयन गरेको छ । पत्रकारहरुको एक विशेष भेलाले पत्रकार स्वस्तिक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको हो ।

सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट संस्थाको सचिवमा डिबि सुस्लिङ तथा सदस्यहरु दिनेश श्रेष्ठ, प्रकाश आचार्य, ललित पाण्डे, कृष्ण खनाल, माधव पौडेल, तेजेन्द्र केसी, कपिल ज्ञवाली, रमेश पराजुली, विष्णु घिमिरे, हरिलाल बश्याल, अस्मिना पाण्डे, साबी अर्याल सर्वसम्मत चयन भएका छन । यसैगरि संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार शरण कर्माचार्य, भगवती पाण्डे, विश्वास ढकाल मनोनीत गरिएको छ ।

नवनिर्वाचित संयोजक श्रेष्ठले सडक सुरक्षा र सचेतनाको विषयमा सरोकारवाला संस्थाहरुसंग सहकार्य गरि लुम्बिनी प्रदेशमा नै दुर्घटना रोक्ने अभियान चलाउने बताए । सोही संस्थाका अगुवाईमा मंसिरको पहिलो साता बुटवलमा बृहत् कार्यक्रम हुने भएको पनि उनले जानकारी दिए ।