नेपालकै पहिलो महिला मुख्यमन्त्री शाक्य को हुन् ?

मेचीकाली संवाददाता

३ भाद्र २०७८, बिहीबार
813 shares
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन् । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दा बी अनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन् ।

नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत भइसकेकी छन् ।

मुख्यमन्त्री शाक्यको पृष्ठभूमि
एमालेका उपाध्यक्ष शाक्य विसं २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । काठमाडौं शहरको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिएकी उनको धैरे समय राजनीतिमै बितेको छ । विसं २०५६ मा काठमाडौंबाट सांसद बनेकी उनी दोस्रो संविधानसभामा सदस्य समेत भइन् । उनले पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारीमा सफलतापूर्वक निर्वाह गरिन् ।

शाक्य झण्डै चार दशकको राजनीतिक जीवनबाट अझै क्रियाशील छन् । ६८ वर्षीय शाक्य २०३६ सालमा घर छाडेर पूर्णकालीन राजनीतिमा लागिन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका प क्रा उ परेकी थिइन् र त्यसपछि अखिल नेपाल महिला सङ्घको अध्यक्षसमेत भइन् । उनी निरन्तररुपमा पार्टीमा स क्रि य महिला नेतृमध्ये छन् ।

मुख्यमन्त्री शाक्यको जन्म विसं २०१० को दशैँको अष्टमीका दिन काठमाडौंको हनुमानढोका दरबार स्क्वायर नजिकैको झोचेनको नेवार परिवारमा भएको थियो । आमाबुबाका आठ सन्तानमध्ये उनी दोस्रो सन्तति हुन् । मुख्यमन्त्री शाक्य र उनका पति अमृतकुमार बोहराबीच विसं २०३८ मा ज न वा दी विवाह भएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

भूमिगत राजनीतिकै क्रममा चिनजान भएका बोहरासँग शाक्यले विवाह गरेकी थिइन । उनीसहित बोहरा अहिले पनि राजनीतिमा स क्रि य छन् । नेपाली राजनीतिमा अष्टलक्ष्मीको नाम महिला नेतृको अग्रभागमा आउने गर्दछ । उनले १८ वर्षको उमेरमा विद्यालय तह उत्तीर्ण गरेपछि चिनियाँ भाषा अध्ययन गरिन् । शाक्यले विसं २०२८ मा एसएलसी पास गरिन् ।

एसएलसी दिएपछि शाक्य चिनियाँ भाषा सिक्ने काममा लागिन् । किशोरावस्थामै राजनीतिक चेतना जागेकाले उनलाई चिनियाँ भाषा सिक्ने अवसरले राजनीतिमा जाने प्ररेणा मिलेको थियो ।

उनले रत्नराज्य क्याम्पसबाट उच्च शिक्षाको अध्ययन थाल्नु भई प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत रहँदा तत्कालीन शिक्षा अव्यावहारिक र ‘बुर्जुवा शिक्षा’ रहेको भन्दै अध्ययनलाई बीचमै छाडेकी थिइन् । मुख्यमन्त्री शाक्यले वामपन्थी बुद्धिजीवी महेशमान श्रेष्ठमार्फत साम्यवादका बारेमा प्रशिक्षण पाएकी थिइन् । चिनियाँ भाषाको ज्ञान भएकाले उहाँले माओत्सेतुङको जीवनी र चीनको पुनःनिर्माणमा उनको योगदानका बारेमा अध्ययन गरेकी थिइन् ।

चिनियाँ भाषा सिकेपछि शाक्य चीनको राजनीतिक व्यवस्थालाई बुझेकाले कम्युनिष्ट राजनीतिमा लाग्न बल पुगेको बताउँछिन् । उनले विभिन्न समयमा जे ल जीवनसमेत बिताइन् । अखिल नेपाल महिला सङ्घको कार्यक्रम गर्दा इलाममा जे ल जीवन बिताइन् ।

विसं २०४६ मा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला उनीसहित अन्य थुप्रै नेता प क्रा उ परेका थिए । उनले जेल जीवन बिताउँदा झापामा सिस्नुपानी लगाएको बताइन्छ । प्रहरीले दैनिक या त ना दिँदा पनि हिम्मत नहारेका उनी विसं २०४६ मा देशमा बहुदल स्थापना भएपछि जे ल मु क्त भइन् ।

शाक्यले २०३६ देखि २०४६ सालसम्म सिन्धुपालचोकदेखि झापासम्मका गाउँमा राजनीतिक चेतनाको विकास गर्दै आएको बताइन्छ । उनले तत्कालीन समयमा मेची अञ्चलको महिला सङ्घको नेतृत्वसमेत गरिन् । उनले एमालेको मुस्लिम सङ्गठन, कानून विभाग र संसदीय सुनुवाइ समितिको प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

एमालेको महिला सङ्गठनलाई मजबुद बनाउन शाक्यको विशेष भूमिका रहेको छ । तत्कालीन अवस्थामा एमालेको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट उपाध्यक्ष बनिन् ।

दुई मन्त्रीको शपथ
प्रदेशका नवनियुक्त दुई मन्त्रीले बुधबार राति पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई शपथग्रहण गराएका हुन् ।

खोप पहिलो प्राथमिकता
प्रदेश सरकार शाक्य मुख्यमन्त्री भएपछि प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक बुधबार अबेर राति सम्पन्न भएको छ । बैठकले कोभिड खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । बैठकले पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ । रासस